केरुङ–काठमाडौं रेलमार्गको पछिल्लो विषयलाई लिएर चीनको असन्तुष्टि

Posted on: 23 Jun, 2019

असार ८, काठमाडौँ | केरुङ–काठमाडौं रेलमार्गको विषयलाई लिएर नेपालमा चलेका टिप्पणीहरूप्रति चीनले असन्तुष्टि जनाएका छ । केही समयअघि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि चिनिया राजदूत होउ याङ्चीले पनि यस्तै आशयको धारणा सार्वजनिक गरकी थिइन् । उनको आशयसँग मेल खाने गरी चिनिया पक्षले पनि बेइजिङमा नेपाली प्रतिनिधिमण्डलसामु यस्तै संकेत गरको छ । 

‘चिनिया पक्षको असन्तुष्टि बुझेरै हुन सक्छ, नेपालका कुनै पनि सदस्यले मिडियासँग प्रतिक्रिया जनाउन चाहेनन्,’ स्रोतले भन्यो, ‘सायद चिनियाहरू यस विषयमा निकै संवेदनशील भएको नेपाली टोलीले महसुस गरको हुन सक्छ ।’ नेपालका मिडियामा चिनिया रेलबारे एकदमै ‘हाइलाइट’ भएका खबर चिनिया सञ्चारमाध्यममा अनुवाद गरी छापिएका थिए । कामभन्दा कुरा बढी भइरहेको प्रति चीनले मौखिक असन्तुष्टि जनाएको स्रोतको दाबी छ ।

बिहीबार बेइजिङमा सम्पन्न चौथो सचिवस्तरीय वार्ता टोलीले सम्भाव्यता अध्ययन (फिजिबिलिटी) खर्च, रेलवे सर्भेलगायत विषय पाचौं चरणको वार्ताले टुंग्याउने निष्कर्ष निकालेको थियो । 

यो समाचार आजको कान्तिपुर दैनिक पत्रिकामा लक्ष्मी लम्सालले लेखेकी छन् । यस सम्बन्धि पुरा समाचारको लागि आजको कान्तिपुर दैनिक पढ्न सक्नुहुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!