मुस्लिम दाजुभाइले बनाए रामेश्वर महादेवको मन्दिर

Posted on: 08 Aug, 2016

साउन २४, वीरगन्ज | धर्म–धर्मबीच केही वैरभाव छैन। वैरभाव त मानिसले नै पैदा गरेको हो भन्ने सन्देशसहित पर्साका दुर्इ  मुस्लिम दाजुभाईले हिन्दुहरुका आस्थाका भगवान् रामेश्वर महादेवको मन्दिर निर्माण गरिदिएका छन्। 

विरगन्ज उपमहानगरपालिका-१०, पानी ट्यांकीका डा. जैनुद्दीन अन्सारी र बसुरुद्दीन अन्सारीले कुल ४८ लाखको लागतमा वीरगन्जको प्रसौनी विर्ता गाविस हालको वीरगन्ज उपमहानगरपालिका-२६ मा साढे ७ कट्ठा जमिनको क्षेत्रफलमा सो मन्दिर निर्माण गरिदिएका हुन्।

मुस्लिम दाजुभाईको लगानीमा बनेको हिन्दु धर्मावलम्बीहरुको सो मन्दिरको पूर्णरुपमा सञ्चालनका लागि आइतबार भव्य रुपले कलश यात्रा निकालिएको थियो। - राजधानी दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!