माओवादी केन्द्र गणेशपुर गाबिसको वडा कमिटी गठन

Posted on: 18 Feb, 2017

फागुन ७, डडेल्धुरा । नेकपा माओवादी केन्द्रले गन्यापधुरा गाउँपालीका वडा नं–२ साबिकको गणेशपुर गाबिसको वडा कमिटी गठन गरेको छ । 

ईश्वरी दत्त पनेरुको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी गठन गरीएको नेकपा माओवादी केन्द्र गणेशपुरले जनाएको छ । यस्तै उपाध्यक्षमा हिरा जोशी, सचिवमा हर्क टमटा, कोषाध्यक्षमा चन्द्रा देबी दमाईलाई चयन गरीएको छ । 

वडा भेला गरी वडा कमिटी चयन गरेको कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्र डडेल्धुरा ईन्चार्ज तथा पुर्व सासंद नन्द राम सार्की रहेका थिए । माओवादी केन्द्रले स्थानीय निकाय र तहको निर्वाचनको तयारीमा गाउँपालीकाहरुमा भेला तथा अधिबेशनहरु गरी रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!