उपमेयरको लागि जिज्ञासुको धौडधुप

Posted on: 07 Apr, 2017

पर्वत । नेपाली काँग्रेस पर्वतबाट कुश्मा नगरपालिकामा उपमेयरमा उड्नको लागि सरस्वती शर्मा जिज्ञासु धौडधुपमा लागेपरेकी छिन् । सामाजिक क्षेत्रमा क्रियाशिल रहेकी उनी कुश्मा नगरपालिकाको उपमेयरको टिकट लिनको लागि यतिबेला धौडधुपमानै छिन् । 

नेपाली काँग्रेस पर्वतको कार्यसमिति सदस्य समेत रहेकी उनी आफूलाई पार्टीले उपमेयरको लागि टिकट दिनमो विश्वस्त छिन् । उनलाई कुनपा २ ले उपमेयरको लागि चयन गरेको छ । कुनपा २ ले उपमयेरको लागि उनलाई छनोट गरेसँगै उनीमा उमेयरको टिकट पाउने आशा जागेको छ ।

Image may contain: 1 person, standing and outdoor

नेका भित्र पछिल्लो समयमा स्थानीय तहको लागि मेयर र उपमेयर चयन गर्नको लागि निकै धौडधुप चलिरहेको छ । उनको नाम पनि महिलाको तर्फबाट उपमेयर आएको हो ।

जिल्लामा लायन्स क्लब, विभिन्न महिला संजाल, मानवअधिकारबादी संस्थामा रहेर काम गरेकी उनीमा सामाजिक काम गर्ने बारे राम्रो अनुभव छ तर पनि उलाई पार्टीले टिकट दिन्छ वा दिदैन त्यो भने प्रतिक्षाको विषय बनेको छ ।

Image may contain: one or more people and people standing


Image may contain: 2 people, people sitting


यस बिषयमा तपाइको प्रतिक्रिया...!