एमालेको आन्तरिक विश्लेषण -माओवादीले चाहे एमाले पत्तासाफ

Posted on: 16 Apr, 2017

 काठमाडौं, ३ बैशाख । नेकपा एमालेका शिर्ष नेताहरुले माओवादी केन्द्रले चाहेको अवस्थामा एमाले पत्तासाफ हुने निष्कर्ष निकालेका छन् ।

एमालेका केन्द्रिय नेताहरुले आफ्ना विश्वस्त कार्यकर्ताहरुलाई अनौपचारिक रुपमा स्थानिय निकायको निर्बाचनमा कांग्रेससँग माओवादीको गठबन्धन गर्ने खतराबाट बच्न भन्ने गरेका छन् ।

एक एमालेका सक्रिय कार्यकर्ताका अनुसार स्थानिय निकायको निर्बाचनमा सत्तारुढ सहयात्रि नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेको अवस्थामा एमालेका लालकिल्ला भनेर चिनिएका स्थानहरुमा समेत पराजित हुने अवस्था आएको नेताहरुको विश्लेषण छ ।

एमालेको पछिल्लो रबैयाबाट माओवादी चिढिएको र आफुले नजित्ने स्थानमाहरुमा कांग्रेससँग गठबन्धन गरेको अवस्थामा एमाले तेस्रो पार्टीमा पुग्ने निष्कर्षसहित केही दिन पहिला एमालेका केही नेताहरुले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निर्बाचन सारेर एकैपटक गर्न प्रस्ताव गरेको थिए। कांग्रेसले चुनाव सार्न नसघाए एमालेले सरकारलाई सहयोग गर्ने बताएका एमालेको नेतालाई प्रचण्डले आफु दाँयाबायाँ नगर्ने र एकलव्य भएर चुनावमा होमिएको बताएका थिए ।

प्रचण्डबाट कडा जवाफ पाएपछि फर्किएका एमालेका नेताहरुले स्थानिय निकायको निर्बाचनमा उम्मेदवारी दिँदा दम्भ नदेखाउन र बरु माओवादी केन्द्रसँग मिल्न भन्ने गरेको उनले बताए । खबरडबली डटकमले खबर लेखेको छ ।

माओवादी नेता तथा कार्यकर्तापनि एमालेसँगको गठबन्धन भन्दा कांग्रेससँगको गठबन्धन विश्वस्त हुने निष्कर्षमा देखिन्छन् । पत्रकार महासंघ लगायत कतिपय समाजिक संघसंस्थाहरुमा भएका चुनावहरुमा एमालेले गठबन्धनमा धोका दिने गरेको बुझाई माओवाद नेता कार्यकर्ताको छ ।

माओवादीको मनोविज्ञानसँग एमाले नेताहरु आतकिंत जस्तै छन् –उनले भने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!