ओलीको आदेश , देवी ज्ञवाली को वाध्यता ! मत पत्र च्यात्ने लाइ आफ्नै जिल्ला बाट कसरि भोट माग्नु ?

Posted on: 10 Oct, 2017

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बोली फेरेका छन् । ओलीले सोमबार कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्तामा सबै विर्सिदै चितवनका नेता कार्यकर्ताको मन दुखाउने अभिव्यक्ति दिएका छन् । ओलीको यस्तो अभिव्यक्तिबाट सबैभन्दा बढी चोट भतरपुर महानगरपालिकाका मेयर उम्मेदवार देबी ज्ञवालीलाई परेको छ ।


माओवादी केन्द्रसँग वाम गठबन्धनपछि ओलीले चितवन क्षेत्र नम्बर ३ बाट लड्न लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि देबी ज्ञवालीले चुनावी प्रचार गर्ने र भोट हाल्ने अभिव्यक्ति दिएका हुन् । क्षेत्र नम्बर ३ मा भरतपुर महानगरपालिका पर्छ । यहाँ कांग्रेससँग मिलेर प्रचण्डले आफ्नी छोरी रेणु दाहाललाई जिताइ छाडेका थिए ।


अनेकन जालझेल गरी आफूलाई हराएका प्रचण्ड र रेणु दाहालसँग निकै असन्तुष्ट रहेका देबी ज्ञवाली आफूमाथि भएको अन्याय सहदै पार्टीका लागि फेरि मिल्नुपर्ने अवस्था आएपछि उनीमाथि चोट परेको हो ।  ‘हिजो हाम्रो अपमान गर्ने प्रचण्ड र रेणु दाहालको पार्टीलाई कुनै हालतमा भोट हालिदैन्’ भन्दै कार्यकर्ताहरु आक्रोश पोखिरहेका छन् ।


कार्यकर्ताले आक्रोश पोखेपनि देबी ज्ञवाली भने अध्यक्ष ओलीको अभिव्यक्तिले चेपुवामा परेका छन् । दुश्मनभन्दा खराब सम्बन्ध रेणु र प्रचण्डसँग रहेका बेला प्रचण्डकै चुनाव प्रचार प्रसार गर्ने अवस्था आएपछि उनलाई तनाब भएको उनी निकटस्थहरु बताउँछन् ।


कान्तिपुर टेलिभिजनको सोमबार फायर साइड कार्यक्रममा पत्रकार भुषण दाहालले ओलीलाई सोधे– प्रचण्ड चितवनबाट चुनाव लड्ने कुरा गर्दै हुनुहुन्छ, देवी ज्ञवालीले प्रचण्डको चुनाव प्रचार गरिदिने हो ?


ओलीले भुषण दाहालको प्रश्नको जबाफ दिदैँ भने- ‘राजनीतिमा यो कुरा सामान्य हो । यस्तो भइरहन्छ ।’ उनले राजनीतिमा यसो हुनुलाई सामान्य कुरा भएको बताए ।


ओलीलाई आफ्नो र पार्टीको स्वार्थका लागि यो राम्रो लागेपनि हिजोका दिनमा प्रचण्ड र रेणु दाहालबाट अपमानजनक व्यवहार खेपेका, जित्दाजित्दै पनि हराइएका देबी ज्ञवालीको मन भने पक्कै पनि रोएको हुनुपर्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!