बामगठबन्धन विरुद्ध काँग्रेसले प्रयोग गर्यो अन्तिम अस्त्र, दलितका मत दिएर विजयी हुने योजना

Posted on: 07 Nov, 2017

पर्वत । पर्वतमा तीन पटकसम्म लगातार विजयी हासिल गरे ह्याट्रीक गरेका नेपाली काँग्रेसका निवर्तमान् सांसद अर्जुनप्रसाद जोशीले यसपाली पनि विजयी हुने गोप्य रिपोर्ट बाहिरिएको छ । रिपोर्टका अनुसार बामगठबन्धनलाई सांसद जोशीले १० हजार मतले पछार्ने बुझिएको छ ।

जिल्लामा झण्डै दश हजार दलित समुदायका मतदता रहेको र तिनै दलित मतदाताको मतले काँग्रेस यसपाली पनि जिल्लामा विजयी हुने बुझिएको छ ।
दलित समुदायका मतदताहरुलाई आफ्नो पक्षमा मतदान गर्नको लागि नेपाली काँग्रेसले जिल्ला दलित संघ र सोही संस्थासँग आबद्द गाउँस्तरीय दलित संघलाई प्रयोग गर्ने भएको छ ।

आफ्नै पक्षबाट असहयोग हुन थालेपछि नेपाली काँग्रेसले यस्तो अन्तिम उपाय निकालेको हो । नेपाली काँग्रेस पर्वतले दलित संघसँग एक बैठकको आयोजना गरी दलित समुदायको मत र मुस्लीम समुदायको मत आफ्नो पक्षमा पर्ने गरी अभियान शुरु गरेको छ ।
बागी उम्मेदवार दिएका राम शर्माले उम्मेदवारी फिर्ता लिएरपनि उनीमाथि नेपाली काँग्रेसले पूर्ण रुपमा विस्वास गर्न भने अझै सकेको छैन । पत्रकार सम्मेलन गरी उनले दिएका अभिव्यक्ति र बागी उम्मेदवारी फिर्तापछिको अभिव्यक्तिमा फरकपन भएता पनि अझै उनीमाथि काँग्रेसले पूर्ण विश्वास गर्न भने नसकेको हो ।

काँग्रेसभित्रकै पौडेल पक्ष गुट अझै पनि असन्तुष्ट रहेका कारण चुनावमा नेपाली काँग्रेस भित्रकै गुटका कारण मतदानमा फरक आउनसक्ने पनि बुझिएको छ । पोडेल पक्षसँग आफूहरुले प्रदेशसभा र प्रतिनिधिसभामा मनोनयन दर्ता गर्न नपाएको झोक मतदान गर्ने बेलामा पोख्ने पो हुन कि भन्ने पनि आशंका पैदा भएको छ ।

नेपाली काँग्रेसको किल्लाका रुपमा पर्वतलाई यसपाली पनि बनाउनको लागि काँग्रेससँग यो अन्तिम विकल्प रहेको बुझिएको छ । दलित समुदायहरुलाई जोशीले रिजाउन सके उनलाई दलित समुदायको मत आउने पक्का देखिएको छ ।
दलित संघ पर्वतका अध्यक्ष याम परियारले दलित समुदायको मत सवै नेपाली काँग्रेसमानै हुने गरी अभियान चलाउने बताएका छन् । उनले पार्टी कार्यालयमा भएको बैठकमा दलित समुदायप्रति नेपाली काँग्रेसले गुन लगाएको भन्दै दलित समुदायको एक मत पनि बाहिर नजाने गरी अभियान चलाउने समेत बताएका थिए ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!