आठो–पिठो खाँदै घरदैलो गर्दै उमेदवार गोकर्ण विष्ट

Posted on: 26 Nov, 2017

प्रेम सुनार/मङ्सिर १०, गुल्मी । गुल्मी क्षेत्र नम्वर २ का वामगठबन्धनका साझा उमेदवार गोकर्णराज विष्टको म्यालपोखरीको चौरमा भएको चुनावी सभाको रिर्पोटिङ्ग पश्चात लागियो माथी मदानेको लेकको चिसो खाँदै र सोईरेको घुम्ती छिचोल्दै पश्चिम गुल्मीको अन्तिम र विकट गाउँ अग्लुङ्ग तर्फ । 

रात परी सकेको थियो । अग्लुङ्ग फेंदीमा पुग्दा विष्टको चुनावी प्रचार संगै रहेका कार्यकर्ताहरुले माओवादी जनयुद्ध ताकाको मेशको झल्को दिई रहेका थिए ।आलु , सोयाविनको तरकारी र मसुराको दाल र भात पाकिरहेको थियो. । मेशमा खाना सुरु भयो । उमेदवार विष्टले खान खाने संकेत गरे ।   सवै जना  कतै आफै निकाल्दै त कतै एक अर्का सहयोगी बनेर खान खान सुरु गरियो ।

नेता विष्टले समेत आर्फै थाल धुने माओवादी मेश संस्कृतिको झल्को त्यहाँ जस्ताको त्यस्तै देखिन्यो । सोही क्षेत्रका प्रदेश २ का उमेदवार दिनेश पन्थी, माओवादी केन्द्रका नेता बुद्धि जिसी, अर्का नेता वेगमबहादुर चन्द, नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल, निवर्तमान अध्यक्ष घनश्याम गौतम, सचिव टोपलाल अर्याल, कोषाध्यक्ष तेजेन्द्र श्रेष्ठ, महासंघ कै पुर्व उपाध्यक्ष भरत पाण्डे र यर्सै समाचारदाता संगै भुँईमा बसेर खाँदाको क्षणले माओवादी जनयुद्ध ताकाको मेश र उहि संस्कृतिको्  अनुभुति भई रहेको थियो । 

पालैपालो मेशको खटन पटनमा लागेका कार्यकर्ताहरुले अर्को दिन विहान सुक्का रोटी , दाल र चटनी तयार पारी सकेका थिए । यता मेशमा खाजा नास्ता तयार भई रहँदा उमेदवारद्धयः विष्ट र पन्थीले दश वाह्र घरमा भेटघाट भ्याई सकेका थिए । कतै घरको दलानमा, कतै गोठमा पानी तताउँदै गरेका त कतै खेत वारीमा आलु लगाउँदै गरेका मतदाताहरुलाई वरैवाट हात जोड्दै पुगेका उमेदवारद्धयलाई गोठमा गोवर सोत्तर गर्दै गरेकी एउटी साधरण महिलाले कम्युनिष्टहरु मिल्नमा वल्ल घैंटामा घाम लागेको र बुद्धि पलाएको भन्ने आशय प्रकट गरिन् । 


नेता विष्टले हात जोडेर भन्दै थिए दिदी मलाई सुर्य चिन्हमा र दिनेश जीलाई गोलाकार भित्रको हँसिया हथौडामा भाट  दिनु  होला है ? भन्न के पाएका थिए । उनले भनिन– ए वल्ला मिलेर आउनु भयो ? धेरै राम्रो गर्नु भयो , हामीले चाहेकै त्यही थियौ कम्युनिष्टहुरु आपसमा मिले तव मात्र हुन्छ विकास.  हुन्छ ।  जवाफमा नेता विष्टले भने हो, हामी  पनि त्यही निश्कर्ष निकालेर अव देखि एउटै पाटी हुँदै छौं , साथ दिनुु होला । 

त्यहाँबाट रघुफेदीको चोकमा जम्मा भएका पुराना कम्युनिष्ट समर्थक बृद्ध बृद्धाहरुले पनि कम्युनिष्ट मिलेकोमा नेताहरुलाई स्वावासी दिई रहेका थिए । विहानीको रोटी नास्ता गरी सके पछि लागियो अग्लुङ्ग कै घडेरी भन्ने गाउँ तर्फ । कृषकहरु वारी जोत्ने र आलु रोप्न मै  व्यस्त थिए । केहि महिना अघि पहिलो पटक त्यस गाउँ सम्म मोटर चल्ने बाटो खानिएको रहेछ । त्यसबाट खुशी देखिन्थे त्यहाँका वासीन्दाहरु । 

पारी निपाने गाउँका अगुवाहरु पनि विष्टलाई स्वागत गर्न त्यही घडेरी गाउँमै आएका थिए । त्यहाँबाट पारी आफ्नो गाउँ सम्म 

पुग्ने मोटरबाटो पुराई  देलान भन्ने कुरामा विष्ट संग आशावादी उनिहरुलाई अव छिट्टै त्याँ सम्म पुग्ने मोटरबाट खन्ने क्रम सुरु भई सकेको विष्टले उद्घोष गरे । 

लघुजल विद्युत आफैले सञ्चालन गरी रहेका अग्लुङ्गवासीलाई सामुदायिक विद्युतिकरण सेवा दिनका लागि अन्तिम तयारी पुरा भई रहेको पनि विष्टले जानकारी दिए । विद्यालयको दुरी टाढा भएको प्रति आफ्नो गम्भीर ध्यानकृष्ट भएको बताउँदै विष्टले अव अग्लुङ्गका दुई माध्यामिक विद्यालयहरुमा कक्षा १२ सम्मको पठन पाठनका लागि पहल गर्ने समेत बताए । 

निपाने गाउँ र घडेरी गाउँका विद्यार्थीहरु छिमेकी जिल्ला प्युठानको ठुला वेसी स्थि गहुमुखी क्याम्पसमा तिन घण्टा हिडेर कक्षा ११ र १२  पढ्न जाँदा रहेछन् । जान तिन घण्टा आउँदा तिन घण्टाको पैदल यात्रा भए पछि उहि कोठा लिएर पढ्नु पर्दा महिनाको १५ ÷ १६ हजार न्युतम खर्च लाग्ने त्यहाँका विद्यार्थीहरु बताउँदै थिए । त्याहाँका जनता सवैको  एउटै माग थियो  मोटरबाटो, खानेपानी र विद्युत ।

उनिहरुको माग सुनि सके पछि झरियो त्यसै रघुफेदी तर्फ । मेशमा आलु र सोयाविनको तरकारी , दाल र भात पाकि रहेको थियो । चिसो मौसम तातो तातो दाल भात खाई सके पछि टोली लाग्यो माथी अग्लुङ्गको प्रशासनिक निकाय रहेको स्थान तर्फ । वडा कार्यालय अगाडीको मैदानमा आयोजित चुनावी सभामा  उमेदवारद्धय संग वसी रहेका थिए ।

गुल्मीको विकासका मेरुदण्ड मानिने बैकुण्ठ बहादुर चन्द पनि । धेरै पटक जिविस सभापतिमा निर्वाचित र दुई दुई पटक राष्ट्रिय पञ्चायतको सदस्य समेत रहेका चन्दलाई अहिले पनि सिङ्गो गुल्मीवासीले गुल्मीमा विकासको मार्ग कोर्ने नेता भनेर चिन्ने गर्दछन  । 

उनै पुराना नेता चन्दले भने–‘ हिजो गुल्मीमा विकास ल्याउने एउटा म थिएँ भने अहिलेको पुस्तामा गोकर्ण विष्ट नै  हुनुहुन्छ ।  भन्दै थिए–‘ यत्रो वर्ष राप्रपाको राजनीति गरें ,  राजा विरेन्द्रको समेत दाहिने हात बनेर धेरै काम गरे तर अव पार्टीको भन्दा पनि जो विकास प्रेमी नेता छ उसैको पछाडी लाग्नुु पर्दछ भन्ने ठानेर उहाँलाई सहयोग गर्न चाहेको छु यसपाली । ’ 

त्याँबाट उमेदवार विष्टलाई  प्युठानको चुनावी सभामा सम्वोधन गरी दिन त्यहँको वामगठबन्धनबाट फोन आयो । अरुले नवोल्दै उमेदवार विष्टले समय मागेर सम्वोधन गरी लागियो प्युठानको खुङ गाउँमा आयोजित चुनावी सभा तर्फ । जहाँ  प्युठान क्षेत्र नम्वर  १ बाट वामगठबन्धनकी प्रतिनीधी सभाकी उमेदवार दुर्गा पौड्याल  र प्रदेश सभा उमेदवार कृष्णध्वज खड्का सहभागी थिए । 

जनताको सहभागिता उल्लेख थियो । मोहनविक्रम सिंहकी पत्नी रहेकी पौड्यालले यसपाली झण्डै ५० हजार बढि मतले चुनाव जित्ने आंकलन गर्दै विष्टले भने–‘उहाँ भोली उपप्रधान सहित भने जस्तो मन्त्रालय पाउने नेतृ हुनुहुन्छ अन्यत्र मत खेर नफालौं , हिजो सम्म रुखमा भोट हाल्ने कांग्रेसजनले समेत गिलास र हसिया हतौडामा भोट हालेर दुवैलाई हत्याधिक मते विजयी बनाऔं ।’

विष्टले सम्वोधन सक्दा साँझ परी सकेको थियो । भोकले सवैलाई थाल खाउँकी भात खाउँ  जस्तो  बनाएको थियो ।, चाउमिन वा चाउचाउ पकाएर खाने सुरुसार उमेदवार विष्टले पनि नगरेका होईनन तर रात प¥यो । उनको पालो एउटा पसलमा विष्कुट र चाउचाउ अर्डर गरेर खाँदै जाने प्रश्ताव गरे । नभन्दै  प्रत्येक गाडीमा विष्कुट र चाउँ राखेर खाँदै हिड्ने भईयो । उक्त सामग्रीको रकम बुझाउन खोज्दा प्युठानका आयोजकले रोकेर आफै तिरे ।

केहि पाकेको चाउमिन समेत दुई चार जनाको हातमा  प्लास्टिकमा राखेर थमाई दिए ।  त्यही तातो चाउमिन हातले निकाल्दै खाँदै आईयो गाडीमा । भोकले आत्तिएर होला उमेदवार विष्टले पनि सुख्खा चाउचाउको फाँको छिटोछिटो लगाएको देखिन्यो । त्यहाँबाट अर्खबाङ्गको होलिवाङ्गमा वसाईको व्यवस्था छ भन्ने सुनियो । कहिल्लै नगएकाहरुले व्यवस्थीत होटलको वसाई होला भन्ने ठानेका रहेछन् । 

तर होलिवाङ्ग गाडीबाट ओर्ले पछि त धेरै तलको गाउँको एक घरमा पो रहेछ उहि मेश । निकै अँध्यारो थियो । मोवाईलको साहराले निकै  ओरालो र अफ्ठ्यारोबाटो झरियो । उमेदावर विष्ट गुईगुई  त ओरालो लागेर अगाडी पुगि सके छन् । हामीहरु कुर्लिदै, कसैले गीत गाउँदै त कसैले गाउँको पुरानो स्मरण गर्दै र पात वजाउँदै झरियो तल । 

जहाँको एक घर भित्र मदाने गाउँपालिका प्रमुख दानबहादुर केसी लगायतले सिस्नो र कोदाको ढिंडो घोट्दै थिए । भट्ट मकै  पनि तयार थिए । यता गोठमा मेश चलिरहेको थियो । त्यो सिरेठोमा उमेदवारद्धयः र हामी वसेर सिस्ने, मकै भट्ट मज्जाले खाईयो । लेकको टिमुर र गाउँ घरे टमाटरको चटनी पनि  सधै स्मरण गरी रहँ जस्तो थियो ।  

मेशमा जनयुद्ध कालिन माओवादी कार्यकर्ताहरु ठट्टा गर्दै भन्दै थिए–‘ चारै तर्फको सेन्ट्रीहरु निकै चनाको भएर डिउटी गर है, दुश्मनहरुले चारै तर्फबाट घेरेका हुनु सक्छन् , एलएमजी पोष्टबाट दुर्विन पनि लगाउँ है...... ( गलल्ल हाँसो ) 

तरकारी पकाउँनेहरुले तरकारी अरु खाना पकाउनेहरुले अरु भ्याई नभ्याई थियो । भोकले निकै सताएकोले त्यहाँ चोखो मिठो भन्दा पनि छिटो छिटो आटो पिठो पाए हुन्थ्यो भन्ने सवैलाई  लागेको थियो । जहाँ भात रोज्नेहरु भन्दा आटो्  , ढिंडो र  सिस्नो रोज्नेहरु धेरै थिए । खाना खाई सके पछि सुताई लहरै ।

निकै रमाईलो र  भुमिगत कम्युनिष्ट जिवनको झल्को सवैले महशुस गरेको बताउँदै थिए । उनिहरु संग सधै संगै हिडेकी माओवादी केन्द्र निकट विद्यार्थी संगठनकी नेतृ वसन्त भण्डारी भन्दै थिईन् नेता विष्ट र पन्थीले चुनावी अभियानमा जहाँ पुगे पनि होटलको बसाई हुन बाट रोकका छन् । जनता कै घर तर खर्च आफ्नै गराएर मेश सञ्चालन गरेका छन् । 

पहिले आम सभा अहिले गाम सभा 

नेता विष्ट सहित कुनै पनि दलका उमेदवारहरुले अहिले कतै पनि ठुला आम सभा गरेका छैनन् । टोल टोल  टोलमा पुग्ने र स साना सभा गर्ने गरेका छन् ।  हजारौं कार्यकर्ता उतार्ने, शक्ति प्रदर्शन गर्ने, मोटर साईकल ¥यालीमा लाखौ पेट्रोल खर्च व्यहोर्ने, सहभागी कार्यकर्तालाई होटलमा भात मासुर मदिराको खोलो बगाउने विगतको चुनावी कुसंस्कृति अहिले बन्द देखिन्छ । 

चुनावी सरगर्मी भित्रिए लगत्तै सदरमुकाम तम्घास लगायतका शहर बजारमा युवाहरु मात्तिएको साँढे जस्ता भएर होटलमा बसेको र आक्रमक शैलीमा मोटर चलाएर एक देखि अर्को दलका कार्यकर्ता हानेर मार्छन कि भन्ने डर हुन्थ्यो । 

अहिले सदरमुकाम सुनसान देखिन्छ । साँझ परे पछि युवाहरु मिटिङ्ग बस्ने नाममा जाँड खर्च माग्ने र सजिलै पाउने गर्ने गरेको पाईन्यो । अहिले  त सुको नपाएर होला  रसिलो पसिलो हुने चेहराहरु पनि फुर्सै देखिन्छ । अवको दश दिनमा के हुने हो थाह छैन तर आजको मिति सम्म एक दम सामान्य खर्च मै सिमित छन दलहरु । 

स्थानिय तहको निर्वाचन सम्म होटलमा खाना ,दर्जनौ युवाहरुलाई साँझ त कसैले दिउँसै पनि वियर लगायतको पेय पदार्थ फ्रि बनाउँदा कतिपय वडाध्यक्षले एउटै होटलमा आठ लाख सम्मको विल पुराएको चर्चा थियो । तर अहिले  क्षेत्र नम्वर १ र   क्षेत्र नम्वर  २ का  उमेदवारहरुले मेश सञ्चालन गरेर चुनावी खर्च निकै कम गरेका छन् । कार्यकर्ताहरुको दल वल प्रदर्शनीलाई पनि रोकेको पाईयो । विगदमा उमेदवारहरुका अगाडी पछाडी दर्जनौं वाईक हुन्थे । अहिले निर्वाचन आचार संहिताले तोकेको गाडी संख्या भन्दा बढि कतै कुनै पार्टीमा  देखिदैन् ।

यसपाली जिल्ला भर देखिएका चुनावी दृश्यले यो निर्वाचन आफैमा ऐतिहाँसिक मात्र छैन, खर्चका दृष्टिले पनि ऐतिहाँसक बन्ने देखिन्छ । हामीले होलवाङ्ग पछि तल भेडीखोर र उता सिर्सेनीको अर्विन्द आश्रम सम्ममा उमेदावर विष्टाई गरिएको स्वागत सम्मान कार्यक्रम सम्म नियालेर सदरमुकाम फर्किएका छौं । 

बाटोमा हामी सञ्चारकर्मीहरुले यहि विश्लेषण ग¥यौं  कि अव उमेदावरहरु कार्यकर्ता पोष्णको खर्चले ढाड मस्केरै मित्तव्यायी बन्न पुगेका रहेछन् ।  यस्तो मित्तव्यायीतालाई सवै दलले सधैका निर्वाचनमा निरन्तरता दिन सके अव गरिवले पनि चुनाव लडेर जनप्रतिनिधी बन्न सक्ने छ नत्र उनै पैसावालाहरु कै वोलवाल रहने छ । 

केसीले सुत्ने वेलामा कति झुट बोले ? भनेर सम्झीन विष्टको सुझाव 

गुल्मी क्षेत्र नम्वर २ का प्रतिनिधी सभाका वामगठबन्धनका साझा उमेदवार गोकर्णराज विष्टले सोही क्षेत्रमा नेपाली कांग्रेसबाट प्रतिनिधी सभा उमेदवार चन्द्र केसीले विकास निमांर्णका विषयमा जहाँ पनि झुट वोेलेको आरोप गाएका छन् ।  

देशैभर वामगठबन्धनको जितबाट कांग्रेस नेताहरु अत्तालिएर वर्वराउँदै हिडेको आरोप लगाउँदै एमालेका सचिव समेत रहेका विष्टले चन्द्र केसीलाई दिनभ सुरी आज म कति वटा कुरा झुट बोले ? भनेर हरेक दिन साँझ सुत्ने वेलामा सम्झिन सुझाव समेत दिएका छन् । 

चन्द्र केसी जिले त क्षेत्र साविकको क्षेत्र नम्वर ३ को विकासको नक्सा कोरेको र हरेक विद्यालय आफु जिल्ला सभापति हुँदा स्थापना गरेको भन्दै हिड्नु भएको छ नि भन्ने प्रश्नमा नेता विष्टले हाँस्दै भने म को को मान्छे किन यसरी बर्बराउँदै हिडेका छन ? भन्ने कुरामा जान्न उनले भने जनता आफै सचेत छ नि कुन हैसियतको नेताले कहाँ के ग¥यो भनेर बुझि सकेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!