खुर्कोटको सिंगो गाउँ नै बाममोर्चामा प्रवेश गरेपछि काँग्रेसमा रुवाबासी

Posted on: 30 Nov, 2017

पर्वत । जिल्लामा चुनावी रौनकता बढिरहेको छ । मुख्य गरी बाममोर्चा र लोकतान्त्रिक मोर्चाले आफ्नो पक्षमा जनमत पार्नका लागि पार्टी प्रवेश, घरदैलो, कोणसभा र आमसभाहरु गरीरहेका छन । ति कार्यक्रमहरुमा मोर्चा प्रति विश्वास जनाउँदै पाटीै प्रवेशको लहर नै चलेको छ । बुधवार जिल्लाको कुश्मा नगरपालिका वडा न २ खुर्कोटमा ठूलो संख्यामा नेपाली कांग्रेस छाडी एमाले र माओवादी केन्द्रमा पार्टी प्रवेश भएको । खुर्कोटको उपल्लो क्षेत्रका झण्डै १ सय ५६ जनाले टिका र माला ग्रहण गर्दै बाम मोर्चालाई सहयोग गर्ने उद्घोष गरेका छन ।

खुर्कोटमा आयोजीत कोण सभामा उनीहरुलाई माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा प्रदेश सभाका उमेदवार नेत्र अधिकारी, नेकपा एमालेका केन्द्रिय सदस्य गोविन्द नेपाली र नेकपा एमाले पर्वतका जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभाका उम्मेदवार पदम गिरीले टिका र माला लगाई पार्टी स्वागत गरेका थिए । यस अघि स्थानीय तहको निर्वाचनमा कांग्रेसको बलियो क्षेत्र मानिएको खुर्कोटमा बामशक्ति प्रति पछिल्लो समयमा जनलहर बढेर गएको माओवादी केन्द्रका जिल्ला सदस्य मिनराज केसी अविरल बताउँछन । विकासको मुल प्रवाहमा खुर्कोट सधै पछाडी परेकोले प्रगतिशिल शक्तिलाई अव मतदान गर्ने वाचा गर्दै उनीहरु पार्टी प्रवेश गरेका हुन । योसंगै कुश्मा नगरपालिका भित्र बामशक्ति निकै बलियो देखिएको छ ।

बुधवार नै कुश्मा नगरपालिका वडा न १ पाङमा आयोजीत कार्यक्रममा पनि झण्डै ४२ जना कार्यकर्ता नेपाली कांग्रेस र राप्रपा छाडेर बाममोर्चामा प्रवेश गरेका छन । पाङ यस अघि नेपाली कांग्रेसको आधार क्षेत्र मानिदै आएपनि पछिल्लो स्थानीय तहको निर्वाचनमा एमालेले किल्ला भत्काएको थियो । पाङ क्षेत्रमा बाममोर्चा प्रति पछिल्लो लहर निकै उत्साहजनक रहेको वडा अध्यक्ष देवेन्द्र सुबेदी बताउँछन । पाङमा आयोजीत सभामा पार्टी प्रवेश गर्नेहरुलाई अधिकारी र गिरीसंगै एमालेका केन्द्रिय सदस्यद्धय बिजय गुरुङ र गोविन्द नेपालीले समेत फुल र माला लगाई पार्टीमा स्वागत गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!