कालिकोटका तीन सिट बामको कब्जामा, पछिल्लो मतपरिणामसहित

Posted on: 08 Dec, 2017

दलसिंह गिरी/मंसिर २२, कालिकोट । पछिल्लो मत परिणामको नतिजा हेर्नेहो भने कालिकोटमा दुई तहका तीन सिटमा बाम गठबन्धनका साझा उम्मेदारहरुको ब्रचश्व कायम रहेको छ । यो समाचार तयार पार्दा सम्मको पछिल्लो मतपरिणाम यस्तो देखिएको हो । 

अहिलेको पछिल्लो मतपरिणाम हेर्दा प्रतिनिधि सभाका लागि बाम गठबन्धनका साझा उम्मेदार दुर्ग बहादुर रावतले ६ हजार ७६ मत प्राप्त गरेका छन् भने लोकतान्त्रीकका भुपेन्द्रजंग शाहीले ५ हजार २ सय ९६ मतल्याएर रावतलाई पछ्याइरहेका छन् । प्रतिनिधि सभाको लागि हाल सम्म गणना भएको जम्मा १२ हजार ८ सय २ मत मध्य ८ सय ७८ मत बदर भेटिएका छन् । 

यस्तै प्रदेश तर्फ  क्षेत्र नं. क मा जम्मा गणना मत १० हजार १ सय २२ मध्य बाम गठबन्धनका कुर्मराज शाहीले ६ हजार ४ सय ६ मत प्राप्त गरेका छन् भने उनका प्रत्यासी लोकतान्त्रीक गठबन्धनका टेकराज शाही २ हजार २ सय १२ मतमा सिमित छन् । यस क्षेत्रबाट बदर मत भने ५ सय ४४ रहेको छ । यसैगरी क्षेत्र नं. ख मा जम्मा मतगणना मत ९ हजार ५ सय ५७ मध्य बामगठबन्धनका साझा उम्मेदार महेन्द्र बहादुर शाहीले ४ हजार ९ सय ६४ मत ल्याएर अगाडी बढीरहेका छन् भने उनका प्रत्यासी लोकतान्त्रीकका कालिबहादुर सहकारी ३ हजार ५ सय ९२ मतल्याई शाहीलाई पछ्याइ रहेका छन् । यस क्षेत्रबाट हाल सम्म बदर मत ७ सय ३१ रहेको छ । 

करिव ६४ हजार ९ सय ६१ मत दाता रहेको कालिकोमा गएको १० गते भएको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा ४२ हजार ७ सय ४१ अर्थात ६५ प्रतिशत मत खसेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!