सल्यानमा बाम गठबन्धन दोब्बर मतले अगाडी (पछिल्लो मत परिणामसहित)

Posted on: 09 Dec, 2017

खकेन्द्र केसी/मंसिर २३, सल्यान । सल्यानमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७४ को मतपरिणाम अहिल्सम्म बाम गठबन्धनले आफ्नो अग्रपन्ति स्थान छाडेको छैन् ।

अहिले सम्मको मतपरिणाम अनुसार प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका टेक बहादुर बस्नेतले १३७०४ ल्याएका छन् भने उनका पछाडी रहेका नेपाली काँग्रेसका राजेन्द्र बहादुर शाहले ७८९२ ल्याएका छन् । त्यस्तै स्वतन्त्र उमाकान्त शर्माले ७८९ मत ल्याएका छन् ।

प्रदेश सभा सदस्य निर्वाचान क्षेत्र न (क) मा एमालेका गुलाब जंग शाहले ७०२०. माओवादीबाट स्वतन्त्र उम्मेद्वार दिएका भीम प्रकाश शर्माले ३३६२ र नेपाली काँग्रेस एकराज डाँगीले ३६४१ ल्याएका छन् । 

प्रदेश सभा सदस्य निर्वाचान क्षेत्र न (ख) मा एमालेका प्रकाश ज्वालाले ७१०६, नेपाली काँग्रेसका डिल्लीराज रेग्मीले ४४२६, राप्रपाका राजेन्द्र विर रायले १९७६ ल्याएका छन् ।

सल्यानमा जम्मा मतददाता १,३४,१३४ मध्ये ८३,८३२ मत खसेको थियो । ६२ दशमलब ४६ प्रतिशत खसेको मतमा पुरुषको संख्या ३६३४७ र महिलाकाे संख्या ४७४८५ रहेको थियो । प्रदेश सभा क मा ४२४१४ ( ६३.३४%) र प्रदेश सभा ख मा ४१४१८ (६१.२७) मत खसेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!