एक जना माओवादी कुटिदा सयौं एमाले पुगे सुरक्षा दिन

Posted on: 11 Dec, 2017

प्रेम सुनार/मंसिर २५, गुल्मी । गए राती  गुल्मीको गौंडाकोटमा वामगठबन्धनका कार्यकर्ताले स्थानियवासीलाई आतंकित पारेको र पछि माओवादी कार्यकर्तालाई कांग्रेसजनले घरबाटै थुतेर कुटपिट गरेको समाचार प्राप्त भएको छ ।   

सुरुमा सदरमुकाम तम्घासबाट विजयी जुलुस गरेर फर्किदै गरेका वाम गठबन्धन र स्थानिय केहि कांग्रेस कार्यकर्ता विच विवाद सिर्जना भएको बताईएको छ । यसरी विवाद नगरौं भनेर स्थानिय माओवादी केन्द्रका कार्यकर्ता शेरवहादुर सर्तुङ्गेले सम्झाएर घर फर्किएको र पछि उनकै घरमा कांग्रेस कार्यकर्ताहरु आई सर्तुङ्गेकी श्रीमति सहितलाई घरबाट थुतेर कुटपिट गरेको सर्तुङ्गे बताउँ छन् ।  

गौडाकोट स्थित तरुण दलका पुर्व अध्यक्ष राजु कार्की  संग सम्पर्क राख्दा उनले सुरुमा वाम गठबन्धनका कार्यकर्ताहरुले यहाकाँ दिदी वहिनी वालकलाई समेतलाई कुटपिट भए पछि क सर्तुङ्ग माथी समान्य लछार पछार भएको बताए । 

उनले भने–‘ हार्मी यहाँका २०/२५ जना युवाहरु माथी डाँडामा पिकनिक खान गएका थियौं । साझ पख गुल्मी दरवार गाउँपालिका वडा नम्वर ३ कि सदस्य टिकिसरा थापाको घर अगाडी आएर वामगठबन्धनका कार्यकार्तहरुले चार पाँच वटा  वुलेट वाईक पड्काएर  आतंकित पारे । 

शिक्षिका अञ्जु अधिकारीका दुई वर्षिया वालक डड्विन अधिकारीलाई कांखबाट खोसेर  आक्रमण गरे । वडा सदस्य थापा, उनको घरमा पाहुना आएकी चोयगाकी तारा कार्कीलाई समेत लछार पछार गरे ।

त्यस जुलुसको नेतृत्व माओवादीका स्थानिय नेता शेरबहादुर सर्तुङ्गेले गर्नु भएको थियो । उहाँले जुलुसका युवाहरुलाई थप उत्तेजित पार्नु भयो । प्रहरी यहि थियो  हामीले उहाँलाई नियन्त्रणमा लिएका थिएनौं तर पछि नियन्त्रणमा लिएको भनेर थप उत्तेजित पार्ने काम भयो । मेरो घरमा ढोका हानेर  आतंकित गरियो । यहाँका अधिकांस युवाहरु भागे । म मात्रै ढोका लगाएर लुकेको थिएँ । 


उनले  थपे–‘ आएर हेर्नुहोस् पछि वडा सदस्य थाका श्रीमान धनकमुरा थापाको कार   तोडफोड गरिएको छ ।  व्यक्तिगत काममा आएका तम्घासका रमेश श्रीसको कार पनि तोडफोड गरिएको छ । हिजो हामी मात्रै स्वयम नभएको भए  निकै अप्रिय घटना पपनि घट्न सक्थ्यो । ’

माओवादी केन्द्रका नेता मनिराम ज्ञवाली  संग सम्पर्क राख्दा गौडाकोटमा माओवादी कार्यकर्ता सर्तुङ्गे र उनकी श्रीमति समेतलाई कांग्रेस कार्यकर्ताहरुले घरबाटै थुतेर कुटपिट गरेपछि  तम्घासबाट सयौं एमाले कार्यकर्ता गौडाकोट पुगेर सुरक्षा दिएको तर कसैलाई कुटपिट नगरेको जिकिर गरे । 

उनले भने–‘ म सहित जिम्मेवार वामगठबन्धनका नेताहरु थियौं, कुनै अप्रिया घटना नघटोस् भन्नका लागि हामीले कार्यकर्ताहरुलाई नियन्त्रणमा राखेका हौं, त्यसका वावजुद पनि एकाधा मोटर साईकल सामन्य तोडफोट हुन पुगे छ । उनले सुरुमा कांग्रेस कार्यकर्ताहरुले विजयी जुलुस गरेर फर्किएका कार्यकर्ताहरुलाई गौडाकोटमा  कांग्रेसजनका केहि कार्यकर्ताहरुले नारावाजी गर्न र वाईकका झण्डा झिक्न समेत लगाउन थाले पछि विवाद भएको आरोप लगाए । 

गौडाकोटका अन्य वासीन्दाका अनुसार वामगठबन्धनका कार्यकर्ताहरुले हिजो राती गौडाकोटका वासीन्दाहरुलाई आतंकित पारेको र केहि सवारी साधन समेत तोडफोड गरे पछि आज विहान नेपाली कांग्रेसका केन्द्रिय सदस्य  तथा पुर्व सांसद चन्द्र भण्डारी र  पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ त्यहाँ पुगेर घट्ना बारे बुझ्ने काम भएको छ । 

तम्घास खानीगाउँ निवासी कांग्रेस कार्यकर्ता रमेश श्रीस् संग सम्पर्क राख्दा उनले आफु माथी एमाले कार्यकर्ताहरुले ज्यादती गरेको गुनासो गरे । उनले भने–‘ म मेरो व्यक्तिगत कामले त्यस तर्फ गएको थिएँ, फर्किने क्रममा मेरो गाडी तोडफोड गरेको र गाडीबाट झारेर कुट्न समेत आँटेका थिए   । मैले त कानुनी राज्य नभएको जस्तो महशुस गरेको छु ।’  

गौडाकोट कै एक जना कांग्रेस कार्यकर्ता संग  झण्डै डेढ सय संख्यामा वामगठबन्धनका कार्यकर्ता पुगेका थिए रे’ नि भनेर सोध्धा उनले भने–‘ त्यति मात्र भएको भए त खुट्टा भाँचेर पठाउँथ्यौं क्यारे, हजार जना जति भएर पो, ढोका लगाएर लुक्न परेको हो ।’ घाईत माओवादी कार्यकता सर्तुङ्गेको मुहार सुनिएको छ । शरिरमा असर परेको  र अहिले तम्घास  जचाउँन आई पुगेको उनले बताए । 

यता एमाले घेराउमा पर्दा माओवादी पुगे

हिजै तम्घासबाट विजयी जुलुस मनाएर घर तर्फ फर्किदै गरेका एमाले कार्यकर्ताहरुलाई पराल्मीका कांग्रेस कार्यकर्ताहरुले बाटैमा घेराउ गरे आक्रमणको प्रयास गरेको बताईएको छ । ‘हामी तम्घासबाट घर तर्फ लु १ च ५७३४ नम्वरको जिपमा चढेर जाँदै थियौं , फाराल्मीको तार्नेटामा कांग्रेसका सयौं कार्यतर्का हामीलाई आक्रमण गर्ने योजनाका साथ वसेका रहे छन्–एमाले कार्यकर्ता भविश्वर पोखरेलले  भने–हाम्रो उक्त जिप तोडफोट गरे र त्यसका चालक पुर्णबहादुर राकासकोटीलाई पनि कुटपिट गरे ।’

उनले काग्रेसबाट वडाध्यक्षमा निर्वाचित शेरबहादुर पहराई कै नेतृत्वमा कांग्रेस कार्यकर्ताहरु जुटेर बसको आरोप लगाए ।  उनका अनुसार पछि स्थानिय माओवादी कार्यतकर्ताहरु समेत जुटे पछि काग्रेसजनहरु पछाडी हटेका थिए  । 

यता सदरमुकामका कार्यकर्ताहरु भने विगतको भन्दा निकै स्वयंम  देखा परे यसपालीको निर्वाचनमा । रेसुङ्गा नगरपालिका वडा नम्वर ५ र ६ मा भने एमाले कार्यकर्ताहरुले मौन अवधीका समयमा कांग्रेस कार्यकर्ताहरुलाई आतंकित पारेको गुनासो गरेका छन् । 

 वडा नम्वर ६ का वडाध्यक्ष गनबहादुर गुरुङ्ग कै नेतृत्वमा एमाले कार्यकर्ताहरुले कांग्रेस कार्यकर्ताहरुलाई निर्घात कुटपिट गरेको बताईएको छ । कुटपिट बाट एक जना कांग्रेस कार्यकर्तालाई पाल्पा रिफर गरिएको र अरुको जिल्ला अस्पतालमा उपचार गरिएको थियो । वडाध्यक्ष गुरुङ्गले भने आफु पनि कांग्रेस कार्यकर्ताबाट कुटिएको बताएका छन् । 

एमालेका एक नेताले अन्य सवै तिर कांग्रेस कार्यकर्ताहरु कम आक्रमक देखिए पनि चारपाला र गौडाकोटका केहि कांग्रेस कार्यकर्ताहरु  वामगठबन्धन विरुद्ध ज्यान फालेर लाग्ने गरेको आरोप लगाए । त्यसो त वलेटक्सारमा एमाले कार्यकर्ताहरुले कांग्रेसजनलाई आतंकित पार्ने गरेको र निर्वाचन ताका कांग्रेस उमेदवार चन्द्र भण्डारीलाई कार्यक्रम गर्न नै रोक्न खोजेको बताईएको छ । 

त्यस्तै वामगठबन्धनका उमेदवार तथा नवनिर्वाचित प्रतिनिधी सभा सदस्य प्रदिपकुमार ज्ञवालीलाई पनि दरवार देविस्थानका कार्यकर्ताहरुले पटक पटक कार्यक्रम गर्न नदिने प्रयास गरेको गुनासो् ज्ञवालीले गरेका थिए । तर अन्तिम समयमा चारपाला मै पुगेर ज्ञवालीले शानदार चुनावी सभा सम्पन्न गरेका थिए । उनले त्यसै कार्यक्रममा भनेका थिए कि –‘ चार गते कार्यक्रम गर्छौ भनियो त्यस दिन पनि हाम्रो कार्यक्रम  जुध्यो भनेर रोकियो । ८ गते र आज पनि त्यही भन्दै हुनुहुन्थ्यो । कृपया हाम्रो अनुरोध छ कि यहाँ कांग्रेसको वहुमत छ भन्दैमा यसो गर्ने हो भने देशैभर वामगठबन्धनको वहुमत छ अन्यत्र हालात के होला ?’

निर्वाचनको नतिजा पछि र निर्वाचन ताका समेत दुवै गठबन्धनका नेता र उमेदवार  विच विचमा भने सम्वन्ध सुमधुर रहेको थियो । उमेदवारद्धय ज्ञवाली र भण्डारी विच चुनाव ताका टेलिफोन सम्पर्क भई रहने गरेको थियो भने  निर्वाचनको परिणाम आई सके पछि दुवै नेता भेट भएर अंकमालो  गरे । भण्डारीले सफलताको शुभकामना दिएर उच्च राजनैतिक संस्कारको सन्देश देशैभर दिए । 

‘नेता त्यसरी मिल्दा मिल्दै तलका कार्यकर्ता वित्थैमा टाउँको फोराफोर किन गर्नु ? ’– माओवादीका एक कार्यकर्ताले भने–‘ तलाका कार्यकर्ता बेकारमा खानु न पिनु पुम्पुरोमा चिनु, आपसमा किन पिरिनु ?’ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!