डोल्पामा सबै उम्मेदवारले बुझाए खर्च बिबरण

Posted on: 31 Jan, 2018

टेकबहादुर शाही | माघ १७, डोल्पा | मंसिर १० मा सम्पन्न भएको प्रदेश र प्रतिनिधि सभा निर्बाचनमा डोल्पाका उम्मेद्धारहरुले गरेको खर्च बिवरण जिल्ला निर्बाचन कार्यलयमा बुझाएका छन् । प्रतिनिधिसभा निर्बाचन क्षेत्र नं. १ अनि प्रदेशसभा निर्वाचन क्षेत्र नं क र ख रहेको डोल्पा जिल्लामा प्रतिनिधिसभा प्रदेश सभा गरि जम्मा १० जना उम्मेद्धारले चुनवामा भाग लिएका थिए । 

कुल जनसख्यामा १८ हजार ९ सय ८९ जना मतादाता रहेको डोल्पामा प्रतिनिधिसभा तर्फ ४ जना र देशसभा तर्फ ६ जना गरि जम्मा १० जना उम्मेद्धारले निर्वाचनमा भाग लिएका थिए । निर्बाचन सकिएको  मितिले ३५ दिन भित्र चुनवामा गरेको र्खचको बिवरण बुझाउनु पर्ने नियमानुसार डोल्पा जिल्लामा दशै जना उम्मेद्धारले निर्बाचन खर्च बुझएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जानकारि दिएको छ ।   

जिल्ला निर्वाचन कार्यालय डोल्पाका अनुसार प्रतिनिधि सभाका नेपाली काँग्रेसका अंगत कुमार बुढाले २० लाख १३ हजार, बाम गठबन्धन तथा नेकपा एमालेका धन बहादुर बुढाले ७ लाख ३ हजार खर्च गरेका छन । त्यसै गरि नेकपा मालेका हर्क बहादुर ठकुल्लाले ६ लाख १२ हजार र राष्ट्रिय नजमुक्ति पार्टीका अजुन बहादुर शाहीले ५ लाख ४५ हजार खर्च गरेको बिबरण जिल्ला निर्बाचन कार्यलयका निमित्त निर्वाचन अधिकारी सुमन राइले जानकारि दिए ।  

त्यसै गरि प्रदेशसभा “क” मा नेपाली काग्रेसका उम्मेद्धार बेगम सिँह ठकुरीले ३ लाख ९० हजार ८ सय, बाम गठमन्धनका तथा नेकपा एमालेका नन्द सिँह बुढाले ६ लाख ५१ ह्जार ८ सय खर्च गरेको बिवरण बुझाएका छन । 

त्यस्तै गरि प्रदेशसभा निर्वाचन “ख” मा नेपाली काँग्रेसका उम्मेद्धार सुरेस बहादुर शाहीले ३ लाख ९० हजार ८ सय, बाम गठबन्धन तथा माओबादी केन्द्रका बिर बहादुर शाहीले ८ लाख ९९ हजार २ सय ५० ,नया शक्ति पार्टी नेपालका पुष्पराज बुढाले २ लाख ३५ हजार र स्तन्त्र उम्मेद्धार जय बहादुर डसाले २ लाख १५ हजार निर्बाचनमा भएको खर्च बिबरण बुझाएको जिल्ला र्बिाचन कार्यलय डोल्पाले जानकारी दिएको छ । 

मंसिर १० मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा डोल्पा जिल्लाबाट सबै क्षेत्रबाट बामगठबन्धनले बिजयी हात पारेको छ । समग्रमा उम्मेद्धारले धेरै नै खर्च गरेको भए पनि निर्वाचन आयोगको आचारसंहिता अनुसार खर्च बुझाएको नागरिकको दावी रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!