प्रदेश ५ को प्रदेश सभामा प्रधानमन्त्रीको विशेष सम्बोधन हुने

Posted on: 27 Apr, 2018

वैशाख १४ रुपन्देही | प्रदेश नं ५ को प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विषेश सम्बोधन गर्नुहुने भएको छ । 

वैशाख २१ गतेका लागि तोकिएको प्रदेशसभा अकस्मात प्रदेश सरकारको चाहनाअनुरुप आइतबार बस्न लागेको प्रदेश नं ५ को प्रदेशसभा सचिवालयले जनाएको छ । 

“देशको प्रमुखबाट प्रदेश सरकारले सम्बोधनको चाहना राखेकाले सम्बोधन हुन लागेको हो” प्रदेश नं ५ को प्रदेशसभाका सचिव डा मानबहादुर विकेले भन्नुभयो । 

उहाँले सो प्रदेशसभा बैठकमा १६ गते बिहान ९ बजे उपस्थित हुन सबै प्रदेशसभा सदस्यलाई अनुरोध गर्नुभएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!