बिप्लव समुहका चार जिल्ला तहका नेता गिरप्तार

Posted on: 06 Jul, 2018

नन्द बहादुर रोकाया | असार २२, मुगु | नेपाल कमिन्युष्ट पार्टी बिप्लव समुहका चार जना जिल्ला स्तरिय नेतालाई प्रहरीले सदरमकाम गमगढीको तल्लो बजार बाट गिरप्तार गरेको छ । गमगढीको कृष्णाचोकमा नेपाल नेपाल कमिन्युष्ट पार्टी बिप्लव समुहको  सामाना र रारा सांस्कृतिक परिवारले आयोजना गरेको साँस्कृतिक र बिप्लव समुहले गरेको आम सभामा प्रहरी र बिप्लव  समुहका कार्यकर्ता बिच झडप भएपछी प्रहरीले आज चार जनालाई गिरप्तार गरेको हो । 

जिल्ला प्रशासन कार्यालयले कुनै खाले कार्यक्रम नगर्न भनि बिप्लव समुहका जिल्ला स्तरका नेतालाई अनौपचारीक रुपमा जानकारी दिएको भएपनी बिप्लव  समुहका कार्यकताले सदरमुकाम गमगढीको कृष्णा चौकमा आयोजना गरेको कार्यक्रम रोक्न खोज्दा प्रहरी र बिप्लव समुहका कार्यकर्ताले ढुङ्गा बर्षाएपछी प्रहरीले भिड नियन्तरण गर्न एक राउण्ड अप्सुर ग्यास फायर गरी लाठी चार्ज गरेको  जिल्ला प्रहरी कार्यालयका डिएस्पी भिम किरण बोकटीले जानकारी एिका छन । 

बिप्लव समुहका कार्यकर्ताले हानेको ढुङ्गा लागेर नेपाल प्रहरीका असई देबिन्द्र सिंह धामिको  बाँया पट्टिको टाउकोमा चोट लागेको छ । असई धामिको जिल्ला अस्पतालमा उपचार भइरहेको छ उनको टाउकोमा छ वटा टाँका लागेको छ  ।बिप्लव समुहकै कार्यकर्ताले हानेको ढुङ्गा लागेर शस्त्र प्रहरीका हवल्दार सुर सिंहको छाँतिमा चोट लागेर उनको उपचार पनि जिल्ला अस्पतालमा भईरहेको प्रहरी जानकारी दिएको हो ।

प्रहरी र बिप्लव समुहका कार्यकर्ताको झडप पश्चात प्रहरीले सदरमुकाम गमगढीको तल्लो बजारको एक स्थानिय ब्यक्तिका घरबाट शुक्रबार दिउस नेपाल कमिन्युष्ट पार्टी बिप्लव समुहका मुगु जिल्ला ईन्र्चान  ३९ बर्षिय रंग बिर परियार (संगम) ३८ बर्षिय जिल्ला सचिवालय सदस्य गणेश बहादुर सावत (अडिक) ३९ बर्षिय सचिवालय सदस्य धन मान सिंह बुढा र ३७ बर्षिय हुम्ला जिल्ला सक्रेटरी सर्पु रोकायालाई प्रहरी गिरप्तार गरेको छ । प्रहरीले  स्वतन्त्ररुपमा  सभा र प्रचार प्रशार गर्न पाउने अधिकारमाथि हस्तक्षेप गरी दमन गरेकाले आफना नेतालाई बिना शर्त रिहाई गर्नु पर्ने बिप्लव समुहका कार्यकर्ताले बताएका छन ।

जिल्ला प्रशासन कार्यालयले कुनै खाले कार्यक्रम नगर्न भनि बिप्लव समुहका जिल्ला स्तरका नेतालाई अनौपचारीक रुपमा जानकारी दिएको र कार्यक्रम रोक्न गएका सुरक्षाकर्मिमाथी बिप्लव समुहका कार्यकर्ताले ढुङ्गा प्रहार  गरी घाईते बनाएपछी उनिहरुलाई गिरप्तार गरिएको र उनिहरुलाई अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयमा राखि अनुसन्धान भईरहेको प्रमुख जिल्ला अधिकारी उमा कान्त अधिकारीले बताएका छन ।

तश्विर: दान बहादुर बुढा | सास, मुगु 

यस बिषयमा तपाइको प्रतिक्रिया...!