संसदीय दलको नेतामा ठाकुर सर्वसम्मत चयन

Posted on: 14 Jul, 2018

असार ३०, काठमाडौँ | राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा सो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन हुनुभएको छ । 


सिंहदरबारमा आज बसेको राजपा संसदीय दलको बैठकले उहाँलाई संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेको सो पार्टीका वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । 

आजको बैठकमा समसामयिक विषय र पार्टीको आगामी भूमिकाबारे छलफल भइरहेको पनि उहाँले जानकारी दिनुभयो । 

बैठकमा समसामयिक, राजनीतिक परिस्थिति र संसद्मा पार्टीको भूमिकालगायत विषयमा छलफल भइरहेको कर्णले जानकारी दिनुभयो । संसदीय दलको बैठक अहिले पनि जारी छ। रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!