प्रदेश ३ को प्रदेशसभा बैठक अझै अन्यौल

Posted on: 06 Aug, 2018

साउन २१, मकवानपुर | साउन ३ गते प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध पछि साउन ४ गते स्थगित भएको प्रदेश ३ को प्रदेश सभा बैठक अझै बस्ने निश्चित भएको छैन । ‘अर्को सुचना जारी नभएसम्मका लागि’ भन्दै स्थगित भएको बैठक अझै बस्ने निश्चित छैन ।

सभामुख र उपसभामुख फरक दलको हुनु पर्ने माग सम्बोधन नभएसम्म बैठक नबस्ने भएको छ । प्रमुख प्रतिपक्षीले यही माग गर्दै संसद अवरोध गरेको थियो । कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेशसभामा सभामुख र उपसभामुख फरक दलको हुनुपर्जेमा आफ्नो अडान कायम रहेको बताउनु भयो । 

सत्तापक्षलाई अन्य विधेयकको तयारीमा जुट्न अनुरोध गरेको बताउँदै उहाँले सुरु भएपछि लामो समय जानेगरी बैठक बोलाइने बताउनु भयो  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!