सांसद श्रेष्ठले भने–‘दलितले डोरो बाँध्ने होईन छिनालौं’

Posted on: 31 Aug, 2018

प्रेम सुनार | भदौ १५, बुटवल । यसै समाचार दातालार्ई जनैपुर्णीमाको दिन एक जना व्राम्हणले अलग्गै डोरो बाँध्न दिएको र फेरी अर्को व्राम्हलाले बोलाएर आफै डोरो बानेका समाचार प्रकाशित भए पछि निकै प्रतिकृयाहरु आई रहेका छन ।

प्रदेश ५ का सांसद कमलराज श्रेष्ठले फोन गरेर भने–‘ पत्रकार महासंघ गुल्मीका अध्यक्षले तपाईलाई डोरो बाँधि दिएको र उनि जस्तै अर्का व्राम्हणले तपाईलाई अपमानित गरेको समाचार पढें ।  तपाईहरु जस्तो समुदायको मान्छेले त्यसरी डोरो बाँध्ने होईन छिनालेर फाल्ने हो ।

हिजोका कतिपय  सामान्तहरुले मागी खाने भाँडो बनाउन कसैलाई तल पार्दै र कसैलाई माथी पार्दै ल्याईएको प्रचलन हो । एउटा धागाको डोराले बाँधेर कहिँ जिवनको रक्षा हुन्छ ? स्वयम डोरो बाँध्धै आएकाहरुको रक्षा आफै गर्न सकेका छन ? त्यो समाचार हेरेपछि मैले तपाईको म्यासेन्जरमा ओसो ज्ञानको भिडियो पठाएको छु सुन्नु त ।’  

उक्त भिडियोमा ओसोले भनेका छन–‘ दलित भने पछि सुद्र मान्ने गरिएको छ । क्षेत्रिहरुलाई सुरुविर बनाईएको छ । उसलाई लडाईको मैदानमा । ज्ञानवान भनेको पण्डित मात्रै हो भनिएको छ । सुद्रलाई मुलुकमा हमाला भए पनि प्रतिकार गर्न नपर्ने रे । त्यसो भए हिन्दुस्तानमा हमाला होस त , सुद्रहरुले टुलुटुलु हेरेर बस्ने । हिन्दुस्तानमा सुद्र नबनाईएको भए अग्रेजको त्यति धेरै गुलाम हुन पर्दैन्थ्यो । आदि..।

सांसद श्रेष्ठ थप्छन–‘ अबका मानिसहरु  त्यस्ता सामान्तवादको  भ्रमका पछाडी लाग्ने होईन , भौतिकवादमा विश्वास गरौं । एक दिन दलितका घरमा पसेर खानेहरु ढोंगी हुन । संविधानले छुवाछुत मुक्त मुलुल घोषणा गरी सकेको छ । त्यही अधिकार प्रयो गर्दै पसौ मन्दिरहरुमा पुजा गर्न । ओसोले भने झैं पुजा पाठ गर्ने ठेक्का कुनै एक समुदायले मात्र लिनु हुन्न । जुन मन्दिरमा विभेत हुन्छ । त्यस्ता मन्दिर पनि तोडौ अब । ’

सोही खवर पढेर प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन वराल भन्छन–‘ धर्मकर्म मान्नेहरु प्रति मेरो सम्मान छ र शुभकामना पनि दिन चाहन्छु तर म डोरो बाध्ने गरेकै छैन । एउटा धागोले शरिर बाँधेर ज्यानको रक्षा हुन्छ भन्ने मान्यता म पटक्कै  स्वीकार गर्दिन । डोरो बाँधेर , जनै लगाएर ज्यानको रक्षा हुन्छ , पुण्य कमाईन्छ भने किन त्यसै डोरा बाँध्धै आएकाहरुको मात्र रक्षा हुन नसकेको होला ? म छक्क पर्छु । ’

यस बिषयमा तपाइको प्रतिक्रिया...!