नेकपा महासचिव चीन प्रस्थान

Posted on: 13 Apr, 2019

चैत ३०, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव विष्णुप्रसाद पौडेल चीन प्रस्थान गर्नुभएको छ । 

उहाँ सियान विश्वविद्यालयद्वारा स्थापना गरिएको सियान–साउथ एसियन स्ट्डी सेन्टरको उद्घाटन गर्न आज चीनतर्फ प्रस्थान गर्नुभएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो । चीनमा रहँदा उहाँले चिनियाँ कम्युनिष्ट पार्टीका उच्च तहका नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । 

महासचिव पौडेल आगामी वैशाख ७ गते स्वदेश फर्कने हुने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!