फोरम र नयाँ शक्तिबीच एकता घोषणा

Posted on: 06 May, 2019

बैशाख २३, काठमाडौं ।  संघीय समाजवादी फोरम नेपाल र  नयाँ शक्ति पार्टी नेपालबीच एकता घोषणा भएको छ । उपेन्द्र यादव नेतृत्वको बाबुराम भट्टराई नेतृत्वको

सोमबार राजधानीमा आयोजित एक विशेष समारोहमार्फत दुई पार्टीबीच एकतासम्बन्धी समझदारीपत्र आदानप्रदान गर्दै एकता भएको घोषणा गरिएको हो ।

एकतासम्बन्धी समझदारीपत्रमा नयाँ शक्तिको तर्फबाट संयोजक बाबुराम भट्टराई र फोरमको तर्फबाट अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्  ।

एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!