असार ८, काठमाडौँ | लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापनको विरुद्धमा सर्वोच्च अदालतमा परेको रीटमाथिको सुनुवाई बुधबारका लागि सरेको छ ।आइतबार दिनभर बहस भए पनि रीट निवेदककै तर्फको बहस नसकिएकाले बुधबारका लागि सारिएको हो ।
आइतबार रीट निवेदकका तर्फकै बहस पनि सकिएको छैन ।लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदमा गरेको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा ४ वटा रीट परेको छ । आइतबार सबै रीटलाई एकै ठाउँमा राखेर न्यायाधीशहरु हरिकृष्ण कार्की र डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई भइरहेको छ ।
उक्त रीटमाथि सरकारी वकिलको बहस र लोकसेवा आयोगको तर्फबाट जवाफ बाँकी नै रहेको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!