राष्ट्रिय जनमोर्चादारा जनधनको क्षतिप्रति दुःख व्यक्त

Posted on: 24 Jul, 2019

 साउन ८, काठमाडौँ  | राष्ट्रिय जनमोर्चाले देशका कतिपय भागमा बाढी, पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति पुगेकामा दुःख व्यक्त गरेको छ । पार्टीका महासचिव जनकराज शर्माले आज जारी गर्नुभएको विज्ञप्तिमा प्राकृतिक प्रकोपबाट निधन भएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गरिएको छ । 

गल्मी जिल्ला सत्यवती गाउँपालिका–३ र ४ को लिम्घामा ११ जनाको मृत्यु तथा दुई बेपत्ता भई ठूलो जनधनको क्षति भएको खबरले पार्टी स्तब्ध भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । पहिरोमा परी बेपत्ता भएकाको तत्काल खोजी गरी उद्धार गर्न, घाइतेको शीघ्र उपचारको व्यवस्था गर्न, पहिरोबाट विस्थापित परिवारलाई तत्काल पुनस्र्थापना र पीडित परिवारहरुलाई तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न माग गरिएको छ । 

 पहिरो, बाढी र डुबानको उच्च जोखिममा रहेका मानव बस्तीलाई समयमै सुरक्षित व्यवस्थापन गर्नेतर्फ सरकारलाई आग्रह गर्दै विज्ञप्तिमा घटनाका पीडितको उद्धार तथा सबै प्रकारका सहयोग गर्नका लागि पार्टी निकट सबै सङ्गठनलाई निर्देशन दिइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!