सोनिया गान्धीको भिडियो प्रम ओलीको ह्यान्डलबाट रिट्वीट भएपछि तरंग, प्रहरीले थाल्यो अनुसन्धान

Posted on: 22 Dec, 2019

पुस, ६ काठमाडौँ | भारतमा नागरिकता विधेयक लाई लिएर उग्र रुपमा आन्दोलन चर्किरहेको बेला विपक्ष दल कांग्रेस सभापति सोनिया गान्धीले जनतालाई आफ्नो साथ् रहेको र सरकारले जनताको बिषय सुन्नु पर्ने बताउदै ट्वीटरमा एउटा भिडियो सार्वजनिक गरिन | 

त्यस लगत्तै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर  ह्यान्डलबाट सोनिया गान्धीले बोलेको भिडिओ रिट्वीट भएपछि त्यसले हलचल नै मच्चायो | उक्त बिषयमा अनुसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्युरोले थालेको छ |

भारतीय कांग्रेसको आधिकारिक ट्वीटरमा राखिएको उक्त भिडिओलाई ‘शिभम् विज’ नाम गरेको ट्वीटर ह्याण्डलले रिट्वीट गरेको थियो | उक्त भिडिओलाई नै प्रधानमन्त्री ओलीको ह्याण्डलबाट रिट्वीट गरिएको थियो। अहिले त्यो रिट्वीट हटाइएको छ |

यस विषयमा भारतीय सञ्चारमाध्यमहरूले पनि विभिन्न तरिकाले विश्लेषण गरिरहेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!