माघ २१, काठमाडौँ | संसदले ठगी गरेको भन्दै संसद सचिवालयमा उजुरी परेको छ | प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद पार्वती डिसी चौधरी बिरुद्ध संसद सचिवालयमा उजुरी परेको हो |
दाङको तत्कालीन गढवा गाविसका कांग्रेस उपसभापति समेत रहेका कृष्णराज पाण्डे र लिलाबहादुर थापाले ठगी गरेको भन्दै कारबाहीको माग सहित उजुरी गरेका छन् | उनीमाथि ८ लाख ठगी गरेको आरोप छ | चुनावताका सहयोग मागेको भन्दै आफूहरूले सो रकम दिएको उनीहरूले बताएका छन् | दाङ देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ लमही घर भएकी उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत छिन् |
उनी हाल प्रतिनिधिसभामा समानुपातिकबाट सांसद छिन् |
यस बिषयमा तपाइको प्रतिक्रिया...!