फागुन ११, काठमाडौं | नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी मिलेनियम च्यालेन्ज (एमसीसी) संसोधन विना पारित नहुने बताएका छन् |
आइतबार जनकपुरमा संचारकर्मीहरु सँग कुरा गर्दै प्रचण्डले एमसीसीबारे पार्टी केन्द्रीय समिति बैठकको सुझाव अनुसार पार्टीमा गठन गरेको कार्यदलको प्रतिवेदन सचिवालय बैठकमा छलफल भएको बताउंदै अब संसोधन र परिमार्जन गरेर मात्र अनुमोदन हुने स्पस्ट पारे |
‘हाम्रो पार्टीको केन्द्रीय समिति बैठकमा एमसीसीका बारेमा गम्भीर छलफल पनि भयो | र, केन्द्रीय समितिले राम्रो अध्ययन गरेर राष्ट्रको हितमा हुने कुराको ग्यारेन्टी नगरीकन आँखा चिम्लेर सम्झौता गर्नुहुँदैन भन्ने सुझाव दिएको थियो |'
यस बिषयमा तपाइको प्रतिक्रिया...!