निवर्तमान संचारमन्त्री द्वारा अडियो सार्वजनिक गर्ने विजयप्रकाश बिरुद्ध मुद्दा दर्ता

Posted on: 28 Feb, 2020

फागुन १६, काठमाडौं | सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्विस कम्पनीका एजेन्टसँग ७० करोड कमिसन बार्गेनिङ गरेका निवर्तमान सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटा गाली बेइज्जतीसम्बन्धी मुद्दा हाल्न अदालत पुगेका छन् |

झुटो आरोप लगाएको भन्दै उजुरी हाल्न काठमाडौँ जिल्ला अदालत पुगेका हुन् | उनले कमिसन डिल गरेको अडियो सार्वजनिक गर्ने  विजयप्रकाश मिश्रविरुद्ध उजुरी दिएका छन् | फागुन ८ मा निवर्तमान सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले मन्त्रालयका कर्मचारीलाई स्त्रीजन्य अश्लील शब्दले गाली गर्दै दलालसँग कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएको थियो | 

उक्त अडियो स्विस कम्पनीका एजेन्ट विजय मिश्रले सार्वजनिक गरेका थिए | उक्त कमिसन मागेको अडियो सार्वजनिक भएपछि उनले मन्त्री पदबाट राजिनामा दिएका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!