प्रधानमन्त्री ओली र साइप्रसका राष्ट्रपतिबीच टेलिफोन वार्ता

Posted on: 22 Apr, 2020

वैशाख १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साइप्रसका राष्ट्रपतिसँग टेलिफोन वार्ता गरी त्यहाँ रहेका नेपाली विद्यार्थी र अन्य पेशामा रहेका नागरिकको सुरक्षाका बारेमा चासो राखेका छन् ।

प्रधानमन्त्रीले बुधबार दिउँसो साइप्रसपाका राष्ट्रपति निकोस अनास्टासिदेशसँग टेलिफोन संवाद गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । ओलीले सो संवादमा नेपाली विद्यार्थीसहित अन्य पेशामा संलग्न नेपालीहरुको बारेमा चासो राखेका हुन् ।

साइप्रसका राष्ट्रपतिले नेपालीहरुको उपयुक्त हेरबिचार भइरहकेो र कुनै अप्ठेरो पर्न नदिने भनी आफूलाई आश्वस्त पारेको प्रधामनन्त्री ओलीले ट्वीट गर्दै जनाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!