कालीगण्डकीमा भेटिएको बेवारिसे शव शिक्षकको भएको पुष्टि

Posted on: 08 Jul, 2017

असार २४, पर्वत । बेवारिसे रुपमा कालीगण्डकी नदी किनारमा भेटिएको शव बेपत्ता शिक्षक नारायण पौडेलको भएको प्रहरीले पुष्टि गरेको छ । 

डिएनए परीक्षणमा शव बेपत्ता शिक्षककै भएको पुष्टि भएको प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो । “शवसँग पौडेलका बाबु, आमाको रगत पठाएका थियौँ, डिएनए परीक्षणमा मिलेको रिपोर्ट प्राप्त भएको छ”, उहाँले बताउनुभयो । 

कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित आइबल एकेडेमीका शिक्षक पौडेल गत जेठ २५ देखि बेपत्ता थिए । दुई सातापछि बागलुङको जैमिनी नगरपालिकाअन्तर्गत कालीगण्डकी किनारमा उनको शव भेटिएको थियो । 

शव पौडेलकै भए/नभएका विषयमा पुष्टि गर्न प्रहरीले डिएनए परीक्षणका लागि राजधानी पठाएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!