नवलपरासीमा सवारी दुर्घटनामा परि एकको मृत्यु, १ घाइते

Posted on: 13 Apr, 2018

कमला राना/चैत्र ३० नवलपरासी | बर्दघाट सुस्ता पुर्व गैडाकोट नगरपालिकामा आज सवारी दुर्घटना भएको छ | दुर्घटनामा परि एक जनाको घटनास्थलमै मृत्यु भएको छ | 

इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकोट नगरपालिका स्थीत कोटीहोम चोकमा पश्चीमबाट पुर्व तर्फ जादै गरेको बा ९१ प २६४६ नम्बरको मोटर साइकल र पुर्वबाट पश्चीम तर्फ आउदै गरेको एच आर ३८ डव्लु ०७६८ नम्बरको भारतिय ट्रक एक आपसमा ठक्कर खादा मोटर साइकल चालकको घटना स्थलमै मृत्यु भएको हो । घटनामा परि एक जना घाइते भएका छन् |

मृत्यु हुनेमा मोटरसाइकल चालक कैलाली जिल्ला घर भइ बलिया वडा नम्बर ५ बस्ने २४ वर्षीय सुनिल धमला रहेका छन यसैगरी सोही मोटर साइकलमा सवार २६ वर्षीय लक्ष्मण नेपाल घाइते भएका छन ।

घाइतेलाइ पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको लागी पठाइएको छ भने ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवस जिसीले जानकारी दिनुभएको छ ।   


यस बिषयमा तपाइको प्रतिक्रिया...!