नेपाल दलित संघको बृहत बैठक विपि स्मृति भवनमा सम्पन्न

Posted on: 21 Apr, 2018

बैसाख ८, अर्घाखाँची | नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघ अर्घाखाँचीको बृहत बैठक विपि स्मृति भवन सन्धिखर्कमा आज सम्पन्न भएको छ । 

यहि बैशाख २९ गते हुने पाँचौ जिल्ला अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि बैठकको आयोजना गरिएको हो । बैठकले अधिवेशन सम्पन्न गर्नका विभिन्न १० वटा समितिको गठन समेत गरेको छ । 

लोकेन्द्र विश्वकर्माको संयोजकत्वमा अतिथी व्यवस्थापन, राम बहादुर परियारको संयोजनमा आर्थिक समिति, बाशुदेव विश्वकर्मा संयोजकत्वमा प्रचार प्रसार, कमल सुनारको संयोजकत्वमा मेश व्यवस्थापन, कमल बहादुर विश्वकर्माको संयोजकत्वमा प्रतिनिधी व्यवस्थापन, चुमाकला विश्वकर्मा संयोजनमा आवास व्यवस्थापन समितिको जिम्मेवारी तोकिएको छ । 

यस्तै देवराज परियारलाई ब्याज ब्यानर, रमेश सुनारलाई यातायात, ज्ञान बहादुर विश्वकर्मालाई मञ्च व्यवस्थापन र मदन नेपालीलाई सास्कृतिक कार्यक्रमको जिम्मा दिईएको छ । 

बैठक नेपाल दलित संघका जिल्ला सभापति मनिराम परियारको अध्यक्षता र संघका उप–सभापति पृतम दलितको संचालनमा सम्पन्न भएको बिष्णु खनालले बताउनु भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!