आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरु

Posted on: 28 Apr, 2018

वैशाख १५, रुपन्देही | भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, २०१८ शुरु भएको छ । 

गोष्ठीको उद्घाटन संस्कृति,पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले गर्नुभयो । 

अठतिस देशको सहभागिता हुने भनिए पनि १६ देशको सहभागिता रहेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा ७० जना अन्तर्राष्ट्रिय प्रतिनिधि रहेको लुम्बिनी विकासकोषको सचिवालयले जनाएको छ । 

गोष्ठीमा अमेरिका, जापान, भारत, इण्डोनेसिया, चीन श्रीलंकालगायत मुलुकका विश्वविद्यालयका प्रोफेसर, प्रकाण्ड बौद्ध धर्मगुरु सहभागी हुनुहुन्छ । 

सम्मेलनमा विभिन्न देशका बौद्ध विद्वान्हरुले कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल हुनेछन् । 

दुई दिनसम्म चल्ने सम्मेलनले लुम्बिनी घोषणापत्रसमेत जारी गर्नेछ । 

लुम्बिनी विश्वविद्यालयका उपकुलपति तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन समितिका संयोजक प्रा डा नरेशमान बज्राचार्यले विश्वका पुरातत्वविद् र बौद्ध विद्वान्हरुले लुम्बिनीलाई गौतमबुद्धको जन्मस्थलको रुपमा संसारभर प्रचारप्रसार गर्ने बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!