चौरासी पुजामा लाग्ने खर्च बापतको ७० हजार रुपैयां विद्यालयलाइ

Posted on: 17 May, 2018

जेठ ३,अर्घाखाँची | पाणिनी ७ का ८३ बर्शिय नुर बहादुर टन्डनले आफ्नो चौरासी पुजामा लाग्ने खर्च बापतको ७० हजार रुपैयां विद्यालयलाइ प्रदान गर्नभएको छ ।

जनसेवा माध्यमिक विद्यालय पाणिनी ७ को २८ औ बार्षिकोत्सब समारोहको अबसर पारेर बयोबृद्ध टन्डनले उक्त रकम विद्यालयलाई प्रदान गर्नुभएको हो । 

विद्यालयका प्रधानाध्यापक प्रेमनारायण बेल्वासेको अध्यक्षता,ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद बेल्वासेको प्रमुख आतिथ्यता,केशव सुर्यवंशिको स्वागत मन्तव्य र शिक्षक माधव बेल्वासेको सञ्चालनमा सम्पन्न कार्यक्रममा रकम हस्तान्तरण गर्दै आफ्नो पुन्य गर्ने ठाउँ विद्यालय नै देखेकोले उक्त रकम प्रदान गरेको जानकारी दिनुभएको छ ।  

बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारी,शिक्षक,अभिभावक र विद्यार्थीको उल्लेख्य सहभागितामा मनाईएको बार्षिकउत्सव समारोहमा वार्षिकोत्सबका अबसरमा आयोजित विभिन्न प्रतियोगिताका उत्कृष्ट विद्यार्थी, शैक्षिक सत्र २०७४ को बार्षिक परिक्षामा सर्बोत्उत्कृट छात्र छात्रालाइ किरण कला स्मृति अक्षय कोष र हेमराज अक्षय कोष बाट संयुक्त रुपमा पुरस्कार प्रदान गरि सम्मान गरिएको घनश्याम पौडेलले जानकारी दिनुभयो

यस बिषयमा तपाइको प्रतिक्रिया...!