सर्लाहीका ५ प्रहरी निरिक्षक सरुवा भए, को कहाँ पुगे ?

Posted on: 30 May, 2018

जेठ १६, सर्लाही । सर्लाहीका ५ जना प्रहरी निरिक्षकहरुको सरुवा भएको छ ।

प्रहरी प्रधानकार्यालयले निकालेको ४ सय जना इन्सपेक्टरहरुको सरुवा सुचीमा सर्लाहीका ५ जना परेका हुन ।जसमा इलाका प्रहरी कार्यालय लालबन्दीका शेख अदालतको जिल्ला प्रहरी कार्यालय रामेछाप ,इलाका प्रहरी कार्यालय हरिपुरका अनिल ठकुरीको महानगरीय प्रहरी परिसर काठमाडौ ,इलाका प्रहरी कार्यालय केशरजंग (बयलबास)का अनिल कुमार पौडेलको जिल्ला प्रहरी कार्यालय पाँचथर ,इलाका प्रहरी कार्यालय बरहथवाका ललन प्रसाद राउत कुर्मीको इलाका प्रहरी कार्यालय कटारी (उदयपुर ) र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका सर्लाहीका पाँचु चौधरीको संघिय प्रहरी इकाई कार्यालय कोसीमा सरुवा भएको छ ।

उहाँहरुको ठाउँमा लालबन्दीमा महानगरीय अपराध महाशाखाबाट किरन प्रसाद न्यौपाने ,बयलबासमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट गौरव महत,बरहथवामा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट अमद कुमार खेरुवार र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरमा इलाका प्रहरी कार्यालय लहान (सिरहा)बाट राजकुमार शाही आउनुहुने जनाइएको छ ।इलाका प्रहरी कार्यालय हरिपुरमा भने ठाउँ खाली राखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!