घरेलु हिंसा न्युनिकरण गर्न अभिमुखिकरण

Posted on: 05 Jun, 2018

राम नारायण पंडित | जेठ २२, सिरहा | मिर्चैया नगरपालिका बडा नं. २ मल्हनियाँखोरीमा दलित, जनजाति युवायुबतीहरुलाई लक्षित गरी घरेलुहिंसा, बालबिबाह र बहुबिबाह सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न आज गरिएको छ । 

समाजमा बिद्यमान रहेका घरेलुहिंसा, बालबिबाह र बहुबिबाह न्युनिकरण गर्ने उदेश्यले एक दिने अभुमुखिकरण कार्यक्रम गरिएको सनराईज सामुदायिक बिकास केन्द्र मल्हनियाँखोरीका अध्यक्ष घनश्याम श्रेष्ठले बताए । 


मिर्चैया नगरपालिकाको आर्थिक सहयोग र सनराइज सामुदायिक बिकास केन्द्र मल्हनियााँखोरीको आयोजनामा संचालन गरिएको कार्यक्रममा सय जना युबायुबतिहरुको सहभागिता रहेको आयोजकले जनाए । 

संस्थाका अध्यक्ष घनश्याम श्रेष्ठको अध्यक्षता तथा मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिष्ठ अतिथिको रुपमा नगरपालिकाका प्रशासकिय  अधिकृत राजेन्द्र पौडेल र बडा नं. २ का बडा अध्यक्ष धनिकलाल यादब लगायत बिभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा राधा श्रेष्ठ र शम्भु श्रेष्ठले प्रशिक्षण दिएका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!