सर्लाहीमा बिद्यालय छुट्टी भएर घर जाँदै गरेको विद्यार्थी माथि छुरा प्रहार

Posted on: 06 Jun, 2018

जेठ २३, सर्लाही | सर्लाहीको बयलबासमा रहेको नारायण माध्यमिक विधालयमा अध्यनरत एक विद्यार्थी माथि आज छुरा प्रहार भएको छ ।

विधालयको कक्षा-९ मा अध्यनरत इश्वरपुर नगरपालिका- ५ सखुवनी निवासी कमल गोले माथि धारिलो हतियार छुरा प्रहार भएको विधालयलाई उद्रित गर्दै प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार विधालयको छुट्टी भएर घर जाने बेलामा विधालयको कम्पाउण्ड भन्दा बाहिर गोले माथि छुरा प्रहार भएको थियो। गोलेको कोंखामा छुरा प्रहार भएको छ ।छुरा प्रहार बाट घाइते भएका गोलेको अहिले बिरगंजमा उपचार भइरहेको प्रहरी बताएको छ ।

चिकित्सकका अनुसार गोलेको कोंखामा तीन पटक सम्म छुरा प्रहार गरिएको छ ।घाइते भए लगत्तै उनलाई बयलबासमा प्राथमिक उपचार गराई थप उपचारका लागि बिरगंज रेफर गरिएको हो ।गोले माथि छुरा किन प्रहार गरिएको हो भन्ने कारण खुलेको छैन ।छुरा प्रहार गरेको आशंकामा तिनजना लाई इलाका प्रहरी कार्यालय केशरजंगले नियन्त्रणमा लिएको छ भने अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम् डिएसपी राजेश थापाले जानकारी दिनुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!