प्रदेश नम्बर–७ स्तरीय भलिबल डोटीमा शुरु

Posted on: 22 Nov, 2016

मङ्सिर ७, डोटी । प्रदेश नम्बर–७ स्तरीय भलिबल प्रतियोगिता सोमबार देखि डोटीमा शुरु भएको छ । 

‘५औँ भागेश्वर ग्रुप कपल्लेकी भलिबल शिल्ड–२०७३’ सुदूरपश्चिमको हालसम्मकै ठुलो पुरस्कार राशि रहेको प्रतियोगिताको डोटीका प्रमूख जिल्ला अधिकारी केशबप्रससाद आचार्यले उद्घाटन गरे । कपल्लेकी यूबा समाजको आयोजनामा शुरु एको प्रतियोगिता कपल्लेकी गाविस स्थित केदारेश्वर उच्च माध्यामिक बिद्यालयको खेलमैदानमा शुरु भएको हो ।

प्रतियोगितामा प्रथम हुने टिमले भलिबलमा सुदूरपश्चिमको हालसम्मकै ठुलो पुरस्कार एक लाख ५१ हजार र शिल्ड जित्नेछ, भने दोस्रोले ५१ हजार नगद र ट्रफि जित्ने छ । यस्तै प्रतियोगिता उत्कृष्ठ ४ जना खेलाडीलाई चारवटा बिधामा ५/५ हजारका दरले पुरस्कृत गरिने ब्यबस्था गरिएको छ ।

कपल्लेकी यूबा समाजले यो प्रतियोगिता ५ बर्षदेखी निरन्तर गर्दै आएको छ । गतबर्ष प्रतियोगिताको चौथो संस्करणमा एक लाख प्रथम पुरस्कार दिईएको थियो । डोटी जिल्ला स्तरीय प्रतियोगिता आयोजना हुदा गतबर्षको बिजेता दिपायल सिलगढी नगरपालिका बनेको थियो ।

अघिल्ला संस्करणहरुमा धनगढीको सुदूरपश्चिम एकेडेमीले मुख्य प्रायोजन गरेको प्रतियोगिताको यो संस्करणको मूख्य प्रयोजन भागेश्वर ग्रुप धनगढीले गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!