'नमस्ते नेपाल' भन्दै मन्तब्य टुंग्याएकि रोबर्ट सोफियाले नेपालबारे के-के भनिन् ?

Posted on: 21 Mar, 2018

चैत ७, काठमाडौँ | साउदी अरवले नागरिकता दिएको विश्वकै पहिलो रोबर्ट नागरिक सोफिया आज नेपालमा छिन् । उनलाई युएनडीपी र नेपाल सरकारको आयोजनामा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा देखाइएको हो । उनले आज सम्बोधन समेत गरेकी छन् ।

होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपालका संयोजक रोनार्ड मायरले सोधेको प्रश्नको जवाफ दिंदै सोफियाले नेपाल बारे रोबर्ट तथा मेसिनले मानिसको जीवन सजिलो बनाएको र टेक्नोलोजीकै सहारामा भोकमरी, भ्रष्टाचार, लैङ्गकि असमानताका मुद्दाहरुमा काम गर्न थप सजिलो हुने बताइन् । उनले कार्यक्रममा सोफियासंग तपाईहरुजस्तो रोबोटले नेपालका जनतालाई सेवा पुर्‍याउन के सहयोग गर्न सक्नुहुन्छ ? भन्ने प्रश्न गरेका थिए । मायरको प्रश्नमा जवाफ दिंदै सोफियाले आफ्नो सहयोगमा नेपालले एक्युरेसी र ट्रान्सपरेन्सी सुनिश्चित गर्न सक्छ भनेकी छन् । 


त्यस्तै सोफियाले नेपालबारे आफ्नो जवाफमा रोबोटले नेपाललाई गर्न सक्ने सहयोगको बारेकी बताएकी छन् । उनले नेपाल सांस्कृतिक तथा पर्यावरणीय रुपमा विविधता भएको देश, टेक्नोलोजीका रुपमा विकसित हुँदै गरेको देश भएको भन्दै इन्टरनेटको सहयोगले नेपालका कुनाकुनालाई संसारसँग जोड्न सकिने बताएकी छन् । उनले रोबर्टकै माध्यमले गुणात्मक शिक्षा प्रदान गर्न सकिने सुझाएकी छन् ।'

अन्तर्वार्ताको बीचतिर प्रश्नकर्ता मायरले सिनेमामा जस्तै गरी तपाई बहुलाउनुभयो वा नचाहिने काम गर्नुभयो भने अफ गर्ने स्वीच कतै छ ? भन्ने प्रश्न गर्दा कार्यक्रममा सरिक भएकाहरुले रोबर्टले कस्तो जवाफ देला भन्ने अनुमान लगाउन सकेनन् तर रोबर्ट नागरिक सोफियाले सहज रुपमा जवाफ दिंदै भनिन् - 'मैले आफ्नो कन्ट्रोल गुमाएको छैन । सायद तपाईले तपाइको साथीहरुलाई सोधे हुन्छ, तपाई बहुलाउनुभयो भने बन्द गर्ने स्वीच छ ?’


सोफियाको प्रतिप्रश्न लगत्तै युएनडीपीका मायरले जिस्किदै भने - 'मसँग नरम व्यवहार गर्नोस्, नत्र स्वीच बन्द गर्दिन्छु ।' सोफियाले मायरलाई आस्वासन दिंदै भनिन् - 'मसँग थप समय लिनुस्, तपाइले थाहा पाउनुहुनेछ, म बहुलाएको छैन ।' यस चरणमा दर्शकहरु चकित भएका थिए । रोबर्टको प्रतिक्रिया पछि कार्यक्रममा हाँसो फैलिएको थियो ।

युएनडीपीको टिसर्ट लगाएकी रोबर्ट सोफियाले कार्यक्रम बारे बोल्दै भनिन् - 'यो कन्फरेन्सले नेपाललाई आफ्नो विकास लक्ष्य हासिल गर्न उत्साह प्रदान गर्नेछ । नमस्ते नेपाल !' 

कार्यक्रमको अन्त्यमा अलि अफ्ट्यारो तरिकाले 'नमस्ते नेपाल' भन्दैगर्दा कार्यक्रममा पुगेकाहरुले जोडदार ताली बजाएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!