सामसुङद्वारा नेपालमा २०७५ सालको बबाल अफर घोषणा (मोवाइलको मूल्य सहित)

Posted on: 06 Apr, 2018

चैत २३, काठमाडौं | पछिल्लो समयमा निकै मन पराइएको मोबाइल फोन सामसुङले नेपालमा '२०७५ साल सामसङ अफर बबाल' अफर घोषणा गरेको छ । नेपालमा सामसुङले नयाँ वर्ष २०७५ आउंदै गर्दा ग्राहकलाई लक्षित गर्दै आफ्नो '२०७५ साल सामसङ अफर बबाल' घोषणा गरेको छ । 

“नयाँ वर्ष २०७५ को आगमनलाई लक्षित गर्दै हामीले हाम्रा उपभोक्ताहरुका लागि यो नयाँ अफर ल्याएका छौँ । हामी विश्वस्त छौँ यसले सकारात्मक प्रभाव पार्दै उहाँहरुसँगको हाम्रो सम्बन्ध अझ प्रगाढ बनाउनेछ,” सामसङ मोबाइल शाखा प्रमुख प्रणय रत्न स्थापितले जानकारी दिए ।  

योजनाअन्तर्गत, सामसङ स्मार्टफोनको खरिदमा उपभोक्ताहरुले विभिन्न आकर्षक उपहारहरु प्राप्त गर्नेछन् । अब उपभोक्ताले ग्यालेक्सी ट्याब एस३ को खरिदमा लेभल बक्स स्पिकर, एस८ र एस८प्लसको खरिदमा लेभल यु फ्लेक्स तथा नोट ८ को खरिदमा एक बोटल स्पिकर सित्तैमा पाउने कम्पनीले जनाएको छ ।  

उक्त उपहारहरुसँगै सामसङले आफ्ना अन्य लोकप्रिय मोडलहरुमा भारी छुटको व्यवस्था पनि गरेको छ । 

रु ६०९० को छुट सहित नोट८ जसको वास्तविक मूल्य रु १०२,९९० रहेको थियो अब रु ९६,९०० मा उपलब्ध हुनेछ । साथै, रु ७००० को छुटसँगै एस८प्लसको मूल्य रु ८६,९०० बाट रु ७९,९०० तथा एस८ को मूल्य रु ७६,९०० बाट रु ६९,९०० तय गरिएको छ । 

त्यसैगरी, रु २००० को छुट सहित J7 Pro र J7 Max को मूल्य क्रमशः रु ३२,९०० बाट रु ३०,९०० तथा रु २८,२९० बाट रु २६,२९० तोकिएको छ । J7 Prime 2 को मूल्य अब रु २७, ९९० र J7 Nxt (32 GB) को मूल्य रु २०,९९० निर्धारित गरिएको छ जसको मूल्य क्रमशः रु २८,९९० र रु २१,९९० रहेको थियो भने रु १२०० को छुट सहित On Nxt को मूल्य रु २५,१९० बाट रु २३,९९० तय गरिएको छ ।

बजारमा नवीन तथा आकर्षक अफरहरु ल्याउने ठूला ब्राण्डहरुमा सामसङ पनि पर्दछ । यस “२०७५ साल सामसङ अफर बबाल” योजना दुवै कम्पनी तथा उपभोक्ताका लागि लाभदायक हुने अपेक्षा गरिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!