ओप्पोको नयाँ फोन एफ-7, किन्नेहरुले ध्यान दिनुस्- मूल्य अनुसार फिचर छैन

Posted on: 02 May, 2018

वैशाख १९, काठमाडौँ | बजारमा हालसालै आएको ओप्पो एफ-७ ले जति नेपाली बजारलाई बिज्ञापनमा ततायो त्यतिनै ग्राहकले किन्छन् भन्ने सोचका साथ मार्केटमा बिज्ञापनको हल्ला पिटेको छ । यस फोनको बजार हल्ला यति चुलिएको छ कि मोबाइल किन्न चाहने ग्राहकहरुले यसलाई हल्लाकै भरमा किन्ने गरेका छन् । 

तर ओप्पो प्रयोग गरिसकेका ग्राहकहरुले ओप्पोको जति बाहिरी हल्ला छ त्यस अनुरुप सेल्फी क्यामेरा बाहेक अन्य फिचर त्यति आकर्षक लाग्दैनन् । ओप्पो प्रयोग गरिसकेका ग्राहकहरुलाई एक पटक सोध्नुभयो भने यस बिषयलाई प्रमाणित गर्ने धेरै आधारहरु पाउनुहुनेछ । प्रयोगकर्ताहरुको अनुसार क्यामेरालाई फोकस गरेर नेपाली मार्केटमा आफ्नो दवदवा कायम राख्न खोजेपनि यसको क्यामेरा बाहेक अन्य फिचरको कारण आवश्यकता भन्दा बढी मूल्य लिएर फोन बेचिरहेको छ । त्यसो त बिज्ञापनमै यसले गरेको खर्चलाई आधार मान्ने हो भने पनि ओप्पोलाई हल्ला र बिज्ञापनले नै चलाईरहेको छ । 

नेपाली बजारमा ओप्पो एफ-७ स्मार्ट फोन बारे नेपालमा मात्र नभई भारतमा समेत अधिकांस मोबाइल सम्बन्धि जानाकारहरुले यो फोन फिचर अनुसार निकै महँगो बनाइएको प्रतिक्रिया दिएका छन् । ग्राहकको प्रतिक्रिया सुन्ने हो भने बिज्ञापन बजारमा राम्रो एनिमेसन सहितको बिज्ञापन गरे वा ठूला-ठूला होर्डिङबोर्डमा बिज्ञापन गर्दैमा आफ्नो ब्राण्ड बिक्रि भएको बुझ्दै आक्रामक ब्यापार हुने आशामा रहेको ओप्पो फोनको क्रेज अघिल्लो बर्ष भन्दा निकै घटेको बुझ्न सकिन्छ ।  

एप्पल एक्सझैं फुल स्क्रिन डिस्प्लेसहित आएको यो फोनमा प्लास्टिक कभरमा छ भने प्रविधि पुरानै छन् । मोबाइलको सफ्टवयर सम्बन्धि जानाकारहरुले नयाँ ओप्पोको सफ्टवयरको बिषयमा पनि सामान्य भनेका छन् । मोबाइल झट्ट हेर्दा राम्रो देखाउन खोजिएको र बाहिरी लुक्सकै कारण ग्राहकले रोज्ने बुझेको ओप्पोले फास्ट चार्जीङ सुबिधा दिएको छैन यो सुविधा नहुँदा महँगोमा मोबाइल किनेकाहरुलाई मुख्य असुविधा यही हो भन्ने भान हुन्छ । त्यस्तै मूल्य अनुसारको लुक्स नहुँदा यो फोन कतिपयको रोजाइमा पर्दैन । 

त्यस्तै यो फोनमा नोटिफिकेशन एलईडी छैन, जुन कुरा आजकाल कम मूल्यका फोनमा समेत पाइन्छ । त्यस्तै मूल्य अनुरुप माइक्रो-यूएसबी पोर्टले यो फोनलाई त्यति राम्रो बनाएको छैन । 

तर यो फोनमा यस्तो चाल चालिएको छ कि जसको कारण साधारण ग्राहकहरुलाई राम्रो लागोस् र अरु फोनको सट्टा यही फोन किनोस । तर वास्तविक रुपमा यो फोन सबै फिचर बुझेकाहरुको रोजाइमा पर्दैन । 


ओप्पोको यो फोन फास्ट रहेको रिभ्युमा उल्लेख छ भने झट्ट हेर्दा आइफोन एक्सको भान हुन्छ । कम्पनीले क्यामेरालाई प्राथमिकता दिएर ओप्पोका ब्राण्डहरु सार्वजनिक गरेको छ । पछिल्लो समय सेल्फीको साथै राम्रो क्यामेराको प्रयोग गर्ने होडबाजी सँगै फोन लन्च भएसँगै बिज्ञापन दिने चर्को होडले पनि ग्राहकहरुलाई झुक्याउने र लोभ्याउने काम गरेको छ । यो फोन किन्नेहरुले यो पटक पोट्रेट फोटो खिचाई त्यति राम्रो मान्दैनन् किनकी यसको पोट्रेट फोटो त्यति राम्रो छैन जुन सफ्टवयरको कारण राम्रो नभएको रि-भ्यु दिनेहरुले बताएका छन् । त्यस्तै क्यामेरामा अर्को समस्या के पनि छ भने मूल्य अनुसार यसले फोरके भिडियो र ईआईएसको सपोर्ट दिईएको छैन ।


त्यस्तै यो फोनमा ब्याट्री लाइफ बचाउन प्रयास गरिएको छ । डिस्प्ले भ्यु एंगल र दिउसोको समयमा डिस्प्ले ब्राइटनेसको कारण पनि यो फोन त्यति खास छैन । 


२५ मेगापिक्सेल एआई क्यामरा र फुल स्क्रिन यसको मुख्य विशेषता हो । यो फोन सेल्फीप्रेमीहरुको लागि मन जित्ने गरि बनाइएको छ । नेपालमा यो फोन ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज अप्सनको लागि मूल्य ३६ हजार पाँच सय ९० तोकिएको छ । जुन मूल्य मध्यम बर्गको नेपालीहरुको पहुँच भन्दा निकै परको मूल्य हो । त्यसो त पैसा भएकाहरुको लागि ओप्पोको ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेजको अप्सनको मूल्य ४६ हजार पाँच सय ९० रुपैयाँ तोकिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!