वल्र्डलिंकद्वारा विश्वकपलाई लक्षित गर्दै २०-३०-५० को झक्कास अफर

Posted on: 27 May, 2018

जेठ १३, काठमाडौं | नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्सले इन्टरनेट खरिद गर्दा निःशुल्क नेट टीभी पाउने ‘बीस, तीस, पच्चास, वल्र्डकप झक्कास्’ प्याकेज योजना ल्याएको छ । 

जुनदेखि सुरु हुने विश्वकप फुटबललाई लक्षित गर्दै वल्र्डलिंकले ल्याएको यो योजना अन्तर्गत फुटबलप्रेमीले इन्टरनेट जोड्दा १२ महिनासम्म निःशुल्क नेट टीभी हेर्न पाउने भएका हुन् । वल्र्डलिंकको बिज्ञप्तिमा नेट टीभीबाट ग्राहकहरूले फुल एचडी च्यानलबाट वल्र्डकप खेल हेरेर आनन्द लिन सक्ने उल्लेख छ ।


वल्र्डलिंकको झक्कास् प्याकेज खरिद गर्दा २०, ३० र ५० एमबीपीएसको द्रुतगतिको अनलिमिटेड इन्टरनेटका साथै ५५ भन्दा बढी एचडी च्यानल र १३५ भन्दा बढी एचडी च्यानल भएको नेट टीभी निःशुल्क पाउने भएका छन् । 

प्याकेज मूल्य अनुसार उक्त अफरमा इन्टरनेट खरिद गर्दा वल्र्डलिंकले २० एमबीको इन्टरनेट बार्षिक १२,०००, ३० एमबीको इन्टरनेट बार्षिक १४,००० र ५० एमबीको इन्टरनेट खरिद गर्दा १६,००० लिनेछ । जसको खरिदमा १ बर्षसम्म निशुल्क टिभी हेर्न पाइन्छ । इन्टरनेट खरिद गर्दा कम्पनीले इन्स्टलेसन चार्ज र वाएर चार्ज समेत निशुल्क दिंदै आएको जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!