नेविसंघले निषेधित क्षेत्र तोड्दै माइतीघर मण्डलामा गर्यो विरोध प्रदर्शन

Posted on: 04 Jul, 2018

असार २०, काठमाडौं । नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीहरुले निषेधित क्षेत्र तोड्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । बुधबार दिउँसो विद्यार्थीले निषेधित क्षेत्रमा प्रदर्शन गरेका हुन् ।


यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विरोध प्रदर्शन गर्न पाइने सात स्थान तोकेको थियो । त्यसमा माइतीघर र रत्नपार्क परेको थिएन । कांग्रेसले माइतीघरमा सभा र प्रदर्शन गर्न पाउनुपर्ने भन्दै विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनको क्रममा केहीबेर प्रहरीसँग धकेलाधकेल भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!