एनसेलले ल्यायो ३ महिने झकास अफर, यस्ता छन् सुबिधा ! यसरी सुचारु गर्नुहोस्

Posted on: 17 Jul, 2018

साउन १ , काठमाडौं । आजदेखि इन्टरनेटको मूल्य बढ्ने भएको छ । सरकारले इन्टरेनटमा पनि सेवा शुल्क लगाउने नीति ल्याएपछि इन्टरनेटको मूल्य बढ्ने भएको हो | सरकारले ल्याएको नीतिसँगै टेलि कम्युनिकेसन र इन्टरेनट सेवा प्रदायकले ग्राहकसँग बढेको मूल्य असुल गर्ने भएका छन् ।

तर, एनसेलले भने करअघिको मूल्यमा कुनै परिवर्तन नगरी तीन महिनाका लागि प्रयोगकर्ताका लागि राहत प्याकेज ल्याएको छ । जसले गर्दा प्रयोगकर्ताले सहुलियत दरमा डेटाप्याक खरिद गरी प्रयोग गर्न सक्नेछन् ।

आफ्ना ग्राहकको सुविधाको लागि कम्पनीले यहि श्रावण १ देखि ९० दिनको लागि लागु हुने गरी ल्याएको नयाँ योजनामा एनसेलले आफ्ना ग्राहकलाई थप डेटा भल्युम सहितको विभिन्न नयाँ दैनिक, ३ दिने, साप्ताहिक र मासिक डेटा प्याकहरु ल्याएको छ । त्यस्तै भ्वाइस सेवामा थप टक टाईम प्रदानगर्दै कम्पनीले नयाँदैनिक, ३ दिने, साप्ताहिक, मासिक, डे तथा डे अनलिमिटेड भ्वाईस प्याकहरु ल्याएको छ ।ग्राहकले आफ्नो आवश्यकताअनुसार कुनै पनिप्याक सुचारु गरी थप लाभ लिन सक्नेछन् ।

नयाँ डेटा योजना अन्तर्गत एनसेलले आफ्ना ग्राहकलाई शुल्कको थप मुल्य प्रदान गर्ने गरी आकर्षक प्याक ल्याएको छ । उदाहरणका लागि दैनिक प्याकमा ग्राहकले मात्र रु ९ मा ३५ एमबि डेटा खरिद गर्न सक्ने र त्यसमा थप ३५ एमबिको फोरजि डेटाभल्युम बोनस स्वरुप निःशुल्क प्राप्त गर्नेेछन् ।

ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी दिइएको डेटा प्याक मध्ये कुनै पनि विकल्प रोजी सहजै आफनो आवश्यकता बमोजिमको कुनै पनि डेटा प्याक सुचारु गर्न सक्छन् । साथै भ्वाइस प्याक लिनका लागि एस्ट्रिक्स १७११८ ह्यास डायल गरि वा १७११८ मा डायल गरि निर्देशन अनुसार आफ्नो आवश्यकता अनुरुपको कुनै पनिप्याक सुचारु गर्न सकिन्छ ।

नयाँ दुरसचार सेवाशुल्कलागु हुँदामुल्यमा पर्ने असरलाई केहि कमगर्न एनसेलले एसएमएस प्याक, अन्तर्राष्ट्रिय रोमिङ्ग र रोमिङ्गप्याक, बिजप्लान र एनसेल कोसेली सेवाको कर अगाडिको शुल्क घटाएको छ ।

लोकल कलमा लाग्दै आएको कर बाहेकको दर रु १.९९ प्रतिमिनेटमा कुनै परिवर्तन गरिएको छैन । त्यसै गरी एसएमएस, डेटा सेवाअन्तर्गतको पे एज यु गो, सापटि तथापोष्टपेड सेवाको प्याकहरुको कर अघिको शुल्कमापनिकुनै परिवर्तन गरिएको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!