रावाबेंशी गाउँपालिकामा डिजिटल बोर्ड

Posted on: 02 Aug, 2018

चिसाङ शेर्पा | साउन १७, खोटाङ | रावावेसी गाउँपालिकाले आजबाट विधुतीय डिजिटल बोर्ड प्रयोगमा ल्याएको छ । गाउँपालिकाको एक नम्बर वडा कुभिण्डे पुछार हरमटारमा भाडामा बस्दै आएको गाउँपालिकाको कार्यालयमा आजदेखी डिजिटल बोर्ड प्रयोगमा ल्याएको हो ।

आठ गाउँपालिकामध्येमा रावाबेंशीले सबैभन्दा पहिला डिजिटल बोर्ड राखेको हो । डिजिटल बोर्डमा मौसमको जानकारी, समय, मिति र गाउँपालिकाले सार्वजनिक गर्ने सुचनाहरु पढ्न सकिने हौंचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

गाउँपालिकावाट प्रकाशित हुने सुचना सन्देश हेर्न र पढन सहजताका लागि पुरानो शैलीलाई विस्थापित गर्दै २ लाख ५० हजारमा ५ वर्षे ग्यारेण्टी भएको विधुतीय डिजिटल बोर्ड राखिएको गाउँपालिका प्रमुख लिलानाथ निरौलाले बताउनुभयो । भाडामा वस्दै आएको गाउँपालिका भवन निर्माणका लागि ठेक्का लागेर ढुंगा र घडेरी फिलिङको काम सकिएको छ । जम्मा १४ कोठे निर्माण हुने गाउँपालिका भवन स्टिल ट्रसको बन्ने गाउँपालिकाले जनाएको छ ।  


तश्विर: डिजिटल बोर्ड राखेपछि फोटो खिचाउदै जनप्रतिनिधि तथा कर्मचारी | तस्विर: यज्ञनारायण श्रेष्ठको फेसबुकबाट  

यस बिषयमा तपाइको प्रतिक्रिया...!