बिद्युत अभाबमा दार्चुलाको सञ्चारसेवा र बैंङ्किङ कारोबार ठप्प

Posted on: 12 Aug, 2018

लोकेन्द्र प्रसाद जोशी | साउन २७, दार्चुला । नेपाल टेलिकम दार्चुलाको ल्याडलाइन, मोबाइल फोन र इन्टरनेट सेवा ठप्प भएको छ । शनिबार रातीदेखी टेलिकम दार्चुलाको स्काई, नमस्ते, एडिएसएल इन्टरनेट लगायत सबै सेवाहरु ठप्प भएको हो । टेलिकमको मालिकार्जुन गाउँपालिका दार्चुलाको बालशिखरस्थित मेन रिपिटर अर्थात मुख्य टावरमा सोलार ब्याट्रि चार्ज नभएर सेवा बन्द भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।

बालशिखरसम्म अहिलेसम्म विद्युतिकरण हुन नसक्दा सोलारको भरमा मेन रिपिटर टावर सञ्चालन हुदै आएको छ । उच्च क्षमताको सोलार पाता र व्याट्रि जडान गरीएको भएपनि घाम नलागेर बर्षातको समयमा पटकपटक सेवा बन्द हुने गरेको छ । गत सोमबार रातीदेखी तिनदिन बन्द भएर सुचारु भएको सञ्चारसेवा तिन दिन चलेर पुनं बन्द भएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिनुभयो ।


विद्युतीकरण अन्तरगत आर्थिक बर्ष २०७१/७२ सालदेखी उक्त क्षेत्रमा विद्युत पुर्याउन काम भएपनि विद्युत प्राधिकरणले समयमै निर्माण सामाग्री उपलब्ध गराउँन नसक्नु, ठेकेदारको लापरबाहि र गैरजिम्मेवारी पनाका कारण काममा हालसम्मसमेत प्रगति हुन सकेको छैन । चालु आर्थिक बर्षमासमेत टेलिकमको बालशिखर टावरसम्म विद्युतिकरण गर्न काम भएको छ । तर पुरानो काम सम्पन्न नहुँदा बालशिखरसम्म विद्युत लाइन बिस्तार गर्न ढिलाइ भइरहेको नेपाल बिद्युत प्राधिकारण बितरण केन्द्र दार्चुलाले जनाएको छ ।

बालशिखरस्थित रिपिटर टावर सञ्चालन नहँुदा जिल्लाभरीका टेलिफोन टावरहरुले काम गर्न छोडेका छन । सञ्चार र प्रविधिको युगमा सेवा प्रभाबित हुँदा मानिसहरुको दैनिकि प्रभाबित भएको छ । बैकं तथा बित्तिय संस्थाहरु, सञ्चारमाध्यम, सरकारी तथा गैरसरकारी कार्यालय लगायत आम सेवाग्राहिहरुले सञ्चार अभाबमा समस्या भोग्नुपरेको छ ।


सञ्चार र प्रबिधिको युगमा सेवा प्रभाबित हुदा मानिसहरुको दैनिकि कष्टकर बनेको मात्र छैन । धेरै मानिस र कार्यालयका महत्तपुर्ण कामहरुसमेत छुटेकाछन । जिल्लाको टाढाटाढाबाट बैंकिङ कारोबार गर्न हजारौ खर्चेर सदरमुकाम पुगेका सेवाग्राहिहरुको काम हुन सकेको छैन । सञ्चारमाध्यमहरु, सरकारी कार्यालयहरुको दैनिक कामकाज प्रभाबित भएको छ । भने आम सेवाग्राहिहरुले बिबिध समस्याहरुको सामना गर्नुपरेको गुनासो गरेका छन ।

इन्टरनेट, फोनसँगै दार्चुलाको भारतीय विद्युतसमेत बेला बेलामा बन्द हुँदा दार्चुलाबासी नागरिकले समस्या भोगेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!