एप्पललको नयाँ iPhone किन्नेहरु सावधान !

Posted on: 25 Sep, 2018

असोज ९, काठमाडौँ | आफ्नो नयाँ आइफोन एक्स एस, एक्स एस म्याक्स र एक्स आरमा अहिलेसम्मकै सबैभन्दा मजबूत र धेरै बलियो भनेर दावी गरिएता पनि नयाँ आइफोनलाई सुरक्षित राख्नका लागि बलियो खोल हाल्नु पर्ने भएको छ । किनकी यदि नयाँ आइफोनको डिस्प्ले फुट्यो वा आइफोनका पाटपुर्जा बिग्रिए भने तपाइँले ठूलो मूल्य चुकाउनुपर्ने एक रिपोर्टले जनाएको छ ।

हालै सार्वजनिक एक रिपोर्ट अनुसार नयाँ आइफोनको स्क्रिन मर्मत गर्नु यति महंगो छ कि यो थाहा पाउँदा ग्राहकहरु आइफोन खरीद गर्नै हच्किन सक्दछन् ।

नयाँ आइफोनका फ्रन्ट तथा ब्याक दुबै साइडमा आइफोन एक्समा भन्दा धेरै नै बलियो काँचको प्रयोग गरिएको छ । तर यही कारण यदी कुनै कारणले आइफों फुटेमा झन्डै ३३,००० भन्दा बढी पैसा बनाउनकै लागि खर्च गर्नुपर्ने हुन्छ । 

आइफोन एक्सएस म्याक्सको मेन्टेनेन्स तथा रिपेयर शुल्क यदी स्क्रिन फुट्यो वा बदल्नुपर्ने भयो भने झण्डै ३२९ डलर पर्नेछ । यदि डिस्प्लेका अलावा नयाँ आइफोनमा अरु पनि ड्यामेज छ र मर्मत गर्नुपर्ने अवस्था भएमा ५९९ डलरसम्म खर्च लाग्न सक्ने रिपोर्टले जनाएको छ । पछिल्ल्लो समय ५ सय ९९ डलरमा नयाँ आइफोन एटनै खरीद गर्न सकिन्छ । 

आइफोन एक्स एसको स्क्रिन बदल्नका लागि भने २७९ सय डलर तथा अरु ड्यामेज समेत हुँदा मर्मतका लागि झण्डै ५४९ डलरसम्म खर्च लाग्नसक्ने रिपोर्टमा उल्लेख छ । फोर्ब्सबाट


यस बिषयमा तपाइको प्रतिक्रिया...!