डिटिसीको नयाँ स्मार्टफोन बजारमा, यस्ता छन् फिचर्स (मुल्यसहित)

Posted on: 12 Nov, 2018

कात्तिक २६, काठमाडौं|  डिटिसी मोबाइल फोन्सले नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । 

कम्पनीले डिटिसी ग्रान्ड ओरियो एस ३० मोडेलको फोन बजारमा ल्याएको हो। डिटिसी एस ३०(ओरियो) ले प्राप्त गरेको प्रतिक्रिया र समर्थनसँगै नयाँ, आकर्षक तथा स्टाइलिस बजेट स्मार्टफोन ल्याएको कम्पनीले जनाएको छ।

डिटिसी ग्रान्ड ओरियो एस ३० मा जी प्लस जी स्क्रिन, ५ पोइन्ट टच सेन्सरसहितको कर्भड् बडी, अगाडि र पछाडि दुवैतिर फ्ल्याससहितको गुणस्तरीय ५ मेगा पिक्सेलको क्यामेरा रहेको छ । त्यस्तै, एआई टेक्नोलोजी प्लस सेन्सर क्यामेरा भएको उक्त फोन पकेट तथा हातमा सजिलै अटाउने कम्पनीको दाबी छ।

सिंगापुरमा डिजाइन गरिएको उक्त फोनमा दुईवटा सिमकार्ड लाग्छ। यसमा एन्ड्रोइड गो ८.१ ओएस अपरेटिङ सिस्टम, क्वाड–कोर प्रोसेसर र २ हजार ५ सय एमएएच ब्याट्री रहेको छ ।

यसमा १ जिबी र्‍याम र ८ जिबी रोम रहेको छ भने १ सय २८ जिबीसम्म बढाउन सकिन्छ । बजारमा कालो, रातो, निलो र सुनौलो रंगमा उपलब्ध भएको यो फोनको मूल्य ८ हजार २ सय ९५ रुपैयाँ तोकिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!