नेपाल टेलिकमको इन्टरनेट मूल्य घटाउने सरकारको घोषणा

Posted on: 14 Dec, 2018

मंसिर २८, काठमाडौं । नेपाल टेलिकमको इन्टरनेट लागत घटाएर मूल्य कम गर्ने सरकारले घोषणा गरेको छ । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विदेशबाट ल्याउने ब्यान्डवीथको मूल्य घटाएर उपभोक्ता मूल्य घटाउन आफू लागिरहेको जानकारी दिएका छन्।

नेपाल टेलिकमले भारत र चीनबाट ब्यान्डवीथ ल्याइरहेको छ। टेलिकमले अहिले प्रति एमबीपिएस १८ अमेरिकी डलर तिरिरहेको छ । यो मूल्य अबको हप्ता दशदिनमा समायोजन गरेर कम्तिमा १२ डलरमा झारिसक्ने उनले प्रतिबद्धता व्यक्त गरे । उनले भने,‘६ डलर घट्दा हामीले अहिलेको भन्दा धेरै ब्यान्डवीथ थोरै पैसामा ल्याउछौ जसबाट क्षमता विस्तार गर्छौ भने अर्कोतिर सस्तोमा उपभोक्तालाई दिनसक्छौ।’

व्यान्डवीथको मूल्य घट्दा उपभोक्ता र कम्पनी दुवैलाई फाइदा हुने उनले बताए । घटेको ६ डलरमा २ डलर थप ब्यान्डवीथ ल्याउन प्रयोग गर्ने, २ डलर उपभोक्ताको भार कम गर्दा पनि २ डलर कम्पनीको नाफामा जाने उनको भनाइ छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!