फेसबुकमा समस्या, संसारभरका प्रयोगकर्ता प्रभावित

Posted on: 14 Apr, 2019

वैशाख १, काठमाडौँ | सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ । 

नेपालीहरुले नयाँ बर्षको उत्सव मनाईरहँदा आफूले कैद गरेका तश्वीरहरु फेसबुकमा राख्न नपाउँदा तनाबमा छन् । कतिपय त आफ्नो इन्टरनेट नै नचलेको भन्ने ठानेर झुक्किए । 

फेसबुक र इन्स्टाग्राममा समस्या आएपछी  पूर्ण रूपमा चलेका छैनन् । केहीले एप खोल्न सफल भएपनि हिजोको पोष्टहरुमात्र देखिएका छन् ।

के समस्याले फेसबुक बन्द भएको हो भन्ने खुलेको छैन। नेपालमा मात्र नभई विश्वभर यो समस्या आएको हो चर्चित सामाजिक सञ्जाल फेसबुक नेपालसहित विश्वभर अवरुद्ध बनेको छ । ट्वीटर प्रयोगकर्ताहरुले फेसबुक अवरुद्ध भएको भन्दै स्कृनसटहरु पोस्ट गरिरहेका छन् । फेसबुककै स्वामित्वमा रहेको ह्वाट्स एप र इन्ट्राग्राममा पनि समस्या आएको समाचारहरुमा जनाइएको छ ।  

नेपालमा आइतबार दिउँसो साढे २ बजेतिरदेखि यो समस्या देखिएको हो ।  

एक महिनाअघि पनि प्राविधिक समस्या आएपछि फेसबुकसहित उसका अन्य उत्पादन घण्टौँसम्म डाउन भएका थिए भने कतिपय प्रयोगकर्ताले यसलाई पूर्णरुपमा प्रयोग गर्न सकेका थिएनन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!