आइफोन १२ को यसरी डिजाइन हुदैँ

Posted on: 25 Nov, 2019

मंसिर ९, एजेन्सी | आइफोनको नयाँ संस्करण आइफोन १२ को डिजाइन  १० वर्ष पुरानो आइफोन जस्तै हुने भएको छ | सार्वजनिक हुन् धेरै बाँकी भएपनि आइफोन १२ को डिजाइन आइफोन ४ जस्तै हुने बताइएको छ |

ब्लगर बेन गेस्किनका अनुसार नयाँ आइफोनको डिस्प्लेमा निकै सानो आकारको नच हुनेछ भने  फोनको डिस्प्लेको माथिल्लो भागमा सानो ब्लाक बार हुनेछ, जसमा सेल्फी क्यामरा र फेस आइडी सेन्सर रहनेछन् | त्यस्तै आइफोन १२ मा एप्पलले पहिलोपटक क्वाड क्यामरा अर्थात् चारवटा मुख्य क्यामरा भएको फिचर राख्नेछ । त्यसमा एउटा वाइड एंगल क्यामरा, एउटा अल्ट्रा वाइड, एउटा टेलिफोटो र अर्को टिओएफ क्यामरा सेन्सर हुनेछ  |

आइफोन १२ मा ५.४ इन्च तथा ६.७ इन्चका दुई मोडेल आउने बताइएको छ | एप्पलले आफ्नो इतिहास कायमै राखेमा आइफोन १२ बजारमा आउनका लागि सन् २०२० को सेप्टेम्बरसम्म कुर्नुपर्नेछ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!