यी हुन् विश्वमा सर्वाधिक डाउनलोड गरिएका एपहरु, फेसबुक कुन स्थानमा छ ?

Posted on: 19 Dec, 2019

पुस, ३, एजेन्सी | सूचना प्रविधिको विकास संगै मानिसले आफ्नो जीवनमा सहजताको लागि इन्टरनेटको आविष्कार गर्दै आएको छ | त्यसकै उपज गुगल प्ले स्टोर तथा एप्पलको एपस्टोरमा लाखौँ एपहरु उपलब्ध छन् | विश्वका करोडौ प्रयोगकर्ताहरुले सबैभन्दा धेरै डाउनलोड गरेको एप कुन हो भन्ने सबैमा उत्सुकता हुन् सक्छ |

एक अध्ययन अनुसार एक दशकमा सबैभन्दा धेरै डाउनलोड भएको एपको सूचीमा फेसबुक पहिलो नम्बरमा परेको छ | रिसर्च फर्म एप एन्नीको रिपोर्टका अनुसार सामाजिक संजाल फेसबुक धेरै डाउनलोड हुने एपमा परेको हो |

त्यस्तै फेसबुक मात्र नभई फेसबुक परिवारकै अन्य तीनवटा एपहरु मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम पनि सर्वाधिक डाउनलोड हुने टप फाइभ एपभित्र परेका छन् | त्यस पछी टप फाइभमा पर्न सफल अर्को एप स्नापच्याट रहेको छ |

सन् २०१३ मा फेसबुकले स्नापच्याटलाई ३ अर्ब डलरमा खरीद गर्ने प्रयास गरेपनि फेसबुकको उक्त प्रस्तावलाई स्नापच्याटले अस्वीकार गरेको थियो | सबैभन्दा धेरैपटक डाउनलोड भएका शीर्ष दश एप्सको सूचीमा उल्लेखित पाँच बाहेक स्काइपी, टिकटक, युसी ब्राउजर, युट्युब र ट्वीटर रहेका छन्  |

टपटेन डाउनलोड भएका एपमध्ये आठवटा अमेरिकी कम्पनीका एप हुन् भने टिकटक र युसी ब्राउजर चिनियाँ कम्पनी मातहत रहेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!